logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पाल्पा जिप दुर्घटनामा ६ जनाको मृत्यु


    ५ कार्तिक २०८० , आइतबार

    पाल्पा जिप दुर्घटनामा ६ जनाको मृत्यु

    पाल्पा,  ५ कार्तिक,  आइतवार बेलुकी पाल्पाको रानीमहल दरबार नजिकै भएको जिप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ । चालक घाइते छन् । दुर्घटनामा पुर्वीनवलपरासी देवचुलीनगरपालिका वर्ष १६ का अन्दाजी ५५÷६० वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल र लमजुङ्ग बेसीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।


    दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्द्रले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.