लुम्बिनी । रुपन्देहीको भैरहवामा अर्ब रूपैयाँको लगानीमा तारे होटल निर्माण हुने भएको छ। होटलमा अर्ब भन्दा बढीको लगानी प्रतिबद्धतासँगै उद्योग विभागमा दर्ता भएको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थापना हुने गरी होटल बुद्ध स्टार प्रालि दर्ता भएको छ। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।
उद्योग विभागको दर्ता विवरण अनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिबद्धता आएको छ। २ सय बेड क्षमताको होटलमा १ सय २० सिट क्षमताको रेष्टुँरासहित ५ सय ब्यांकेट निर्माण हुनेछ।
होटलमा १ सय ३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। होटलमा ५ सय केभीए बिजुली खपत हुनेछ।