एजेन्सी, १० कार्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार राति हृदयाघातका कारण निधन भएको बताइएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार खछ्याङलाई बिहीबार हृदयाघात भएको थियो ।
सीसीटीभीका अनुसार लीले हालै सांघाईमा आराम गरेका थिए । उनलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि उनको गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्य तथा पूर्व प्रधानमन्त्री ली खछ्याङको शुक्रबार सांघाईमा निधन भएको हो।