असलम खान। लुम्बिनीखबर
मर्चवार, १३ कार्तिक। रुपन्देहीको सम्मरीमाई वडा नम्बर -६ को दयानगरमा हतियार देखाएर ५ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।
मर्चवारी गाउँपालिका वडा नं ३ रायपुरमा बस्ने श्रीप्रकाश बरईले भैरहवाबाट ल्याउदै गरेको रकम २ जनाको अज्ञात समुहले रकम लुटेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ।
हिजो बेलुका करीब ६ बजे भैरहवाबाट मर्चवारी गाउँपालिका ३ रायपुर आफ्नो निवास तिर जादै गरेको श्रीप्रकाश बरईलाई सम्मरीमाई गाउँपालिका ६ मा पर्ने डिहुली र दयानगरको बिचमा रकम लुटिएको ई.प्र.का मर्चवारका प्रहरी निरीक्षक रेशम प्रसाद अचार्यले जानकारी दिएका छन्।
रकम लुटेको खबर पाउन साथ लुटेरा समुहको खोजतलास जारी रहेको प्रहरी निरीक्षक आचार्यले बताए छन् ।
पैसा लुटेका व्यक्तिहरूको खोज तलासका लागि मर्चवारक्षेत्रमा जडान गरिएको सि.सि क्यामरा का साथै अन्य प्रकियाहरु अगाडी वढेको ई.प्रा.का प्रहरी निरीक्षक आचार्यले बताएका छन्
श्रीप्रकाश बरईको रायपुरमा गल्लाको ब्यवसाय रहेको छ । भैरहवा देखि मर्चवार जाने सडक खण्डमा सोही दिशाबाट आएका भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार २ जनाको अज्ञात समुहले पेस्तोल देखाई रकम लुटेको श्रीप्रकाश बरईको दाई मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिएका छन्।