logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    १२ लाख बराबरको राहत सामग्री वितरण गर्ने लुम्बिनीको निर्णय


    २१ कार्तिक २०८० , मंगलबार

    १२ लाख बराबरको राहत सामग्री वितरण गर्ने लुम्बिनीको निर्णय

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २० कार्तिक। लुम्बिनी साँस्कृतिक नगरपालिकाले १२ लाख बराबरको लत्ता कपडा, खाद्यान्न सामग्री सहयोग गर्ने भएको छ।
    कार्तिक १७ गते शुक्रबार राति आएको भूकम्पको प्रभावले धेरै जन र धनको क्षति भएको हुँदा दुखदको यो समय लाई विशेष ध्यानमा राखी लुम्बिनी सांस्कृतिक नगरपालिका १२ लाख बराबरको सामग्री वितरण गर्ने नगरप्रमुख सजरुद्दिन मुसलमानले बताएका छन् ।
    आपत विपतको घडीमा सहयोग गर्ने दायित्व रहेकोले भुकम्पमा परि ज्यान गुमाएका मृतक परिवारप्रति भावपुर्णा श्रद्धान्जली दिदै घाईतेहरुको शिघ्र स्वास्थ्यको कामना र सहयोग गर्ने नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताएका थिए।
    विनाशकारी भुकम्पले देशका कतिपय ठाउँमा ठूलो मात्रामा क्षति पुराएको छ। कतिपय मानिहरुको ज्यान लिनुका साथै घाइते समेत बनेको छ।
    भुकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लालाई भुकम्पले परेको प्रभावलाई विशेष ध्यानमा राखी नगरपालिकाको विपत ब्यवस्थापन समितिको कार्तिक १९ गते आइबार बसेको बैठकको निर्णय अनुसार नगरपालिकाले १२ लाख बराबरको लत्ता कपडा, खद्यान्न सहयोग गर्ने भएको छ।
    निर्णय अनुसार राहत संकलन गरि नगरपालिकाको विपत ब्यवस्थापन शाखाको समन्वयमा संकलन गर्ने हुदाँ कार्तिक २९ गते भित्र राहत समाग्री संकल भएका हुदाँ विभिन्न संघसंस्था , उद्योगी ब्यापारी, आमजनताहरुले नगरपालिकाको विपत ब्यवस्थापन शाखामा राहत साम्रगीहरु सहयोग गर्नका लागि नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत राम प्रसाद ज्ञवालीले आग्रह समेत गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.