logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नवलपरासीका मिडिया संञ्चालक र पत्रकार बिच अन्तरक्रिया


    २२ कार्तिक २०८० , बुधबार

    नवलपरासीका मिडिया संञ्चालक र पत्रकार बिच अन्तरक्रिया

    परासी, २२ कार्तिक । सामुदायिक रेडियो परासी ९०.२ मेगार्हजले १६ वार्षिकोत्सव तथा सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन मंगलबार सुनवलमा नवलपरासीका मिडिया संञ्चालकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा आमसंचार क्षेत्रमा देखा परेका समस्या र त्यसको समाधानका उपायका बारेमा अन्तरक्रिया गरिएको हो ।

    कार्यक्रम सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्यको अध्यक्षता र सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा जिल्लाका संचारमाध्यमले संचार संस्थाको दिगोपन, समाचार लेखनमा पाकोपन, व्यवसायीक पत्रकारिता जस्ता विषयमा छलफल भएको थियो ।

    सुनवल नगरप्रमुख अर्यालले सामाजिक रुपान्तरणमा आमसंचार माध्यमकोे महत्वपूर्ण भुमिका हुने भएकाले स्थानीय सरकार संचार संस्थासँग सहकार्य गरेर नै अघिबढेको बताउनु भयो । सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले व्यवसायीक पत्रकारीता गर्ने हो भने समाचार लेखन शैलिमा व्यापक सुधार गर्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा रेडियो संञ्चालक समिति सदस्य एवं कार्यक्रम संयोजक रामजि ज्ञवाली, प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले आमसंचार माध्यममा देखिएका समस्या र चुनौतीहरु समाधान गरेर विश्वसनीय पत्रकारीताको जग बसाल्नुपर्नेमा जोड दिएको रेडियो परासीका स्टेशन म्यानेजर विकास अधिकारीले बताउनु भयो । सो कार्यक्रममा विभिन्न १० बुँदे निष्कर्ष निकालिएको छ । छलफलले जिल्लाका सबै मिडियाहरुले समाचार लेखन र प्रसारणलाई परिस्कृत गर्नु पर्ने, पत्रकारको क्षमता विकासका लागि मिडियाले पहिलो प्राथमिकता दिनु पर्ने, स्थानीय सरकारबाट जिल्ला भित्रका मिडियालाई प्राथमिकता दिनुपर्ने, प्रेस काउन्सीलमा गरिने नविकरण जिल्ला भित्रै गर्ने व्यवस्था मिलाउनु पर्ने, जिल्लाका पालिकाहरुले समानुपातिक विज्ञापन वितरण गर्नु पर्ने माग गरिएको छ ।

    जिल्लामा भएका मिडिया बीचका एकता र अनुभव आदानप्रदानलाई निरन्तरता दिने, मिडियाले विज्ञापन नीति, प्रसारण नीति र सम्पादकीय नीति बनाएर काम गर्नु पर्ने, पत्रिकाको वर्गिकरण भए जस्तै अन्य संचार माध्यमको पनि वर्गिकरण गर्नु पर्ने, जिल्लाका ठूला उद्योगले स्थानीय मिडियालाई प्रर्वद्धनमा जोड दिनु पर्ने लगाएतका निष्र्कष निकालिएको प्रबन्ध निर्देशक गौतमले ई–लुम्बिनीखबरलाई जानकारी दिनुभयो । यसैबीच वार्षिकोत्सवको अवसरमा बुधबार ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक राजकुमार रेश्मीले बताउनु भयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.