logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    एसएलसी पासपछि ११ मा पढ्न कति ल्याउनेले के पढ्न पाउने ?


    २ असार २०७३ , बिहिबार

    एसएलसी पासपछि ११ मा पढ्न कति ल्याउनेले के पढ्न पाउने ?

    असार २
    काठमाडौं–एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।

     

    S.L.C-Today
    बुधबार उच्च माध्यामिक शिक्षा परिषदको बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्याकंन स्तरीकरणको आनुसांख्यिक मान हो ।

    परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पुरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ । परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।

    विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा र मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ ।

    ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनुपर्ने भन्ने निक्र्यौल गरेको छौं, उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.