सियारी, २४ कार्तिक । बुटवलको नयाँगाउँ हाटबजारमा सामान किनमेल गर्न गएकी एक बृद्धाको घाँटीबाट सुनको सिक्री चोरी भएको छ । ६५ वर्षिया कौशिला आचार्यको साढे ३ तोलाको सुनको सिक्री चोरी भएको हो । बुहारी सरस्वती खनालसँग हाटबजार गएकी कौशिलालाई सांझ ५ः४५ बजेतिर एकजना कालो वर्णको पुरुषले नजिकै आएर छोए पछि रिंगटा लागि थचक्कै बसेको अवस्थामा सिक्री चोरी भएको नातिनी विद्या खनालले बनाइन् ।
सिक्री चोरी भए पछि ईलाका प्रहरी कार्यालय बुटवल र नयाँगाउँ प्रहरी चौकीमा उजुरी दिएको र चोरीमा संलग्नलाई पक्राउ गर्न माग गरेको खनालले बताइन् । पछिल्लो समय रुपन्देहीमा चोरी तथा लुटपाटको घटना बढेको देखिन्छ ।