logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कोपोमिस तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न


    २४ कार्तिक २०८० , शुक्रबार

    कोपोमिस तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    सियारी, २४ कार्तिक । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ३ दिने तालिम विहीबार सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा कार्तिक २०,२१ र २३ गते तालिम सम्पन्न गरेको हो ।

    तालिममा शुद्धोधन गाउँपालिका अन्तरगतका सम्पूर्ण सहकारीहरुका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेकोे थियो । तालिमको सहजीकरण प्रशिक्षकहरु सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी र सिद्धर्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गर्नु भएको थियो । सहकारी संजाल शुद्धोधनका अध्यक्ष लेखबहादुर खत्रीको अध्यक्षता र शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा र शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

    शुद्धोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट महाकल्प कृषि सहकारीका अध्यक्ष चिन्तामणी खरेलले सहकारी तालिम सम्बन्धी आफ्नो धारणा राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.