आतंकवादी संगठन इस्लामिक स्टेटले इराकबाट अपहरित ३९ भारतीय नागरिकको हत्या गरेको छ ।

कुर्दिश अफिशियल्सले गुप्तचर रिपोर्ट उधृत गर्दै कन्स्ट्रक्शन कम्पनीमा कार्यरत ३९ जना भारतीयको हत्या भएको जानकारी दिएको हो ।
१५ जुन २०१४ मा इस्लामिक स्टेटका लडाकुले इराकको मोसुलबाट ४० जना भारतीय नागरिक अपहरण गरेको थियो ।
त्यसमध्ये हरजीत मसीह नामका व्यक्ति भने भागेर ज्यान बचाउन सफल भएका थिए । बाँकी अपहरितका विषयमा कुनै जानकारी आउन सकेको थिएन । एजेन्सी