logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारीमा प्रमुख प्रशासकीयलाई स्वागत


    ५ मंसिर २०८० , मंगलबार

    मर्चवारीमा प्रमुख प्रशासकीयलाई स्वागत

    मर्चवार, ५ मंसिर ।रुपन्देहीको मर्चवारी गाउँपालिकामा सम्मरीमाई गाउँपालिका बाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई मर्चवारी गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच विगत ६ महिना सम्मरीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिएर मर्चवारी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईलाई स्वागत गरिएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई स्थानीय तहबारे धेरै अनुभवरहेकोले काम गर्न थप सजिलो हुने अध्यक्ष बरईले बताए । जनताको हितमा काम गर्नलाई आएको समाजले दिएको जिम्मेवारी पुरा गर्न कर्मचारी तथा जनप्रतिनिधिहरु एक रथका दुई पांग्रा रहेको भन्दै विकासको लक्ष्य प्राप्त गर्न दुबैपांग्रा संगसंगै हिडनुपर्ने बताए । कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिकाबाट सरुवा भई मर्चवारी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले अहिले सम्म भएको कामहरुमा हुनेगरेको त्रुटीहरुलाई सच्याएर थप ब्यवस्थित तरिकाले काम गर्ने बताए ।

    यस अघि सेवा दिएका चिरञ्जीवी घिमिरेलाई सहयोग गरेका हरेक पक्षबाट आफुपनि सहयोगको अपेक्षा राखेको उनले बताए । आफ्नो ब्यक्तिगत भन्दा ऐन नियमलाई टेकेर काम गर्न मानसिकता बनाउनुपर्ने बताए।मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका का इन्जिनियर गंगालाल यादवले राखेका थिए भने कार्यक्रम संचालन प्रोसोत्म घिमिरेले गरेका थिए ।
    प्जबल

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.