logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रादेशिक महोत्सवमा असहायको लागि निःशूल्क प्रवेश


    ५ मंसिर २०८० , मंगलबार

    लुम्बिनी प्रादेशिक महोत्सवमा असहायको लागि निःशूल्क प्रवेश

    मंसिर ६ बाट महोत्सव शुभराम्भ
    पशुपति यादव
    रोहिणी, ५ कात्तिक । राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय औधोगिकरण तथा व्यापारमा विविधिकरण, भन्ने मूल नाराका साथ ६ औँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० मंसिर ६ गते देखि १८ गतेसम्म भैरहवामा संचालन हुने भएको छ ।
    उद्योग, व्यापार संगठन रुपन्देहीद्वारा आयोजित यो महोत्सवमा पर्यटन औधोगिक स्थानीय उत्पादन कृषिलाई मुख्य प्राथमिकतामा राखेर पर्दशनी गरिने आयोजकले पत्रकार सम्मेलनमा जनाएका छन् ।


    महोत्सवको राष्ट्रियलाई आत्म निर्भर बनाउने, बेरोजगारी युवालाई स्वरोजगारमा जोड्ने स्वदेशी उत्पादनलाई स्वदेशमा खपतको वातावरण सृजना गर्ने स्थानीय तथा राष्ट्रिय कला संस्कृतिको विकास विस्तार गर्ने, खेलकुद क्षेत्रलाई प्रर्वद्धन गर्ने महोत्सव मुल आयोजक समितिको जनाएको छ ।
    महोत्सवमा औधोगिक, पर्यटन, कृषि विविधिकरण युक्त व्यापारीकरणका पसलहरु राख्ने मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनुभयो ।
    यो महोत्सवमा पर्यटकीय स्थलको फोटोे प्रर्दशनी पुरातात्विक वस्तुहरुकोे परिचय कृषि उत्पादन तथा कृषि उपज बाट निर्मित खानाको परिकारहरु विक्री वितरण गरिने संयोजक श्रेष्ठले बताए ।

     
    महिला हस्तकला, जडीबुटी मेशीनर, आइटी अटोमोबाइल्सका समानहरु प्रर्दशनीमा राख्ने उद्योग, व्यापार संगठनका निः बर्तमान अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिनुभयो । महोत्सवमा बाल बच्चाहरुको लागि बाल उद्यानको नौलो प्रस्तुती स्थानीय तथा राष्ट्रिय कला लोक, (विरहा) समेतको जर्गेना गर्ने र सुविधा सम्पन्न पसलहरुको व्यवस्था गरिएको निःवर्तमान अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । महोत्सव अवधिमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, इन्टरनेटको सुविधा, सि.सि.टि.भी.को पर्याप्त सुरक्षा व्यवस्था, पार्किङ्ग व्यवस्था गरिएको पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
    महोत्सवमा पसल राख्न चाहानेहरुको लागि कम्तिमा दश हजारदेखि पचास हजारसम्म शूल्क लाग्ने पूर्व अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा ७० वर्ष भन्दा माथिको जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्तिहरुको लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
    रु.८० प्रवेश शूल्क रहेको यो महोत्सवमा विद्यार्थीहरुको लागि रु.५० र समुहमा प्रवेश गर्नेको लागि रु. ३० प्रवेश शूल्क व्यवस्था भएको पूर्व अध्यक्ष खिम बहादुर खत्रीले जानकारी दिनुभयो ।
    यो महोत्सवमा शनिबार बाहेक अन्य दिन विहान ९ देखि ११ बजेसम्म महोत्सव मेला परिसर भित्र प्रवेश गर्दा निःशूल्क व्यवस्था गरिएको पूर्व अध्यक्ष खत्रीले बताउनु भयो ।
    महोत्सवलाई अर्गेनिक मेलाको रुपमा विकास गर्न खोजिएको भन्दै आयोजकहरुले व्यङ्गात्मक गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थको नक्सा समेत निर्माण गरेका छन् । महिला कुस्तिलाई विशेष प्राथमिकतामा राखिएको यो मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजलबाट हुने आयोजकले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.