logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी साँस्कृतिक नगरपालिका र सरोकारवालहरु बीच साझेदारी गोष्टी सम्पन्न


    ८ मंसिर २०८० , शुक्रबार

    लुम्बिनी साँस्कृतिक नगरपालिका र सरोकारवालहरु बीच साझेदारी गोष्टी सम्पन्न

    लुम्बिनी, ८ मङ्सिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाले यू.एन.डी.पी र सृजनशिल संस्थाद्वारा आयोजित ‘नगर जन्य फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्तर्गत नगरपालिका र सरोकारवालाहरु बीच साझेदारी गोष्टी कार्यक्रम सम्पन्न गरेको छ ।

    फोहोरमैला व्यवास्थापन कसरी गर्ने र फोहोरहरु कसरी बर्गिकारण गर्ने फोहोरबाट कसरी मोहरमा बनाउने भन्ने विषयमा छलफल गरी र सबै सरोकारवालाहरुसंग हातेमालो गरी नगरपालिकाको फोहोरमैला व्यवास्थापन कार्यक्रम संचालन गरी लुम्बिनी र नगरपालिकालाई स्वच्छ सुन्दर बनाउनका लागि नगरपालिका स्तरमा जनचेतना जगाई घरबाट निस्केको फोहोर सम्बन्धित ठाँउमा राखी नगर जन्य फोहोरमैला व्यवास्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षतामा नगर उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यता, यू.एन.डी.पी का लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल, लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धचरण भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यपालिका सदस्यहरू, वडा नं ४ का वडा अध्यक्ष बिनोद श्रीवास्तव, वडा नम्बर ५ का वडा अध्यक्ष खुर्सेद आलम, वडा १० का वडा अध्यक्ष बिनोद कहाँर, नगरपालिकाका सल्लाहकार सईद मोहम्मद र समन्वय शाखा प्रमुख तुलसीराम लामिछाने प्रगतिशील, आम समूहकी अध्यक्ष मन्जु ढकाल, किशोरी मन्चकी अध्यक्ष सुनिता हरिजन, सामाजिक विकास शाखा प्रमुख फनिन्द्र पाल, फोहोर व्यवस्थापनमा सहकार्य संस्था सृजनशील संस्था नेपालका पदाधिकारी र कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.