logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सतियामाई धामको मेला र कुस्ती सम्पन्न


    १३ मंसिर २०८० , बुधबार

    सतियामाई धामको मेला र कुस्ती सम्पन्न

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, १३ मंसिर । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सतियामाई धामको मेला सम्पन्न भएको छ ।
    पौराणिक काल देखि सतियामाई धामको मेला लाग्दैं आएको सतियामाई महात्ममा पुस्तकमा उल्लेख रहेको व्यवस्थापन समितिले जनाएको छ ।
    सतियामाई धामको मेला प्रत्येक वर्षमा हरिवोधनी एकादशीको दिन देखि सुरु हुने मेला आयोजकले जनाएको छ । यो मेला पाँच दिन सम्म चल्ने स्थानीयहरु बताउँछन् ।
    एकादशीका दिन गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मंजित कुमार यादव (सोनु) द्वारा कार्यक्रम शूभारम्भ एवं उद्घाटन कार्य भएको थियो । कार्यक्रममा अध्यक्ष यादवले कार्यक्रमलाई सम्वोधन गर्दै सतियामाई मेला तथा धामको रुपमा रहेको नेपाल र भारतमा पनि सतियामाई धामको रुपमा परिचित रहेको भनाई थियो ।
    आफ्नै गाउँपालिका भित्र रहेको सतियमाई धाम जुनकी यो गाउँपालिका सतियामाईको नामबाट नामकरण भएको छ ।


    हाल ओमसतिया गाउँपालिकामा रहेको यो सन्दर्भमा पनि धार्मिक पर्यटकीयको हिसावले यसको विकास विस्तारमा आफनो ध्यान केन्द्रीत रहको बताएका थिए ।
    प्रदेश सरकार र केन्द्र सरकारसंग सतियामाई धामको विकास र विस्तारमा ध्यानाकर्षणको लागि अध्यक्ष यादवले आग्रह गरेका थिए ।
    मेला समय अवधी भरि संघ संस्था, यूवा क्लब, समाजसेवी सामाजिक अभियान्ता , संचारकर्मी समेतलाई मेलालाई सहयोग गर्ने अग्रह रहेको बताएका थिए ।
    कार्यक्रममा ओमसतिया गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि सुनिता चौधरीले कार्यक्रमलाई संवोधन गर्दै यस सतियामाई धाममा राम कथा(रामलिला) बाट हामी केही संस्कार सिक्न आवश्यक बताएकी थिइन् । कार्यक्रममा सतियामाई धामको भौतिक संरचना एंव सुन्दरीकरणको आवश्यकता रहेको स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार साझेदारी सहभागिताद्वारा प्रवल सम्भावना रहेको उपाध्यक्ष चौधरीले सुझाव सहित अग्रह गरेकी थिइन् ।
    कार्यक्रममा अतिथि ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले स्थानीय सरकार द्वारा सतियामाई धामको लागि हुने किसिमको विकास आफूआएदेखि गर्नु पर्ने कार्य जनप्रतिनिधिको समन्वय, सहकार्य अनुसार सतियामाई धामको विकासमा सहयोग रहेको बताएका थिए ।
    विकास र सुन्दरीकरणमा आफनो ध्यान केन्द्रित रहेको प्रतिबद्धता समेत प्रमुख प्रशासकीय अधिकृत क्षेत्रले जाहेर गरेको थिए ।


    ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता मदन पोखरेलले सतियामाईको गरिमा र महिमाप्रति श्रद्धालभक्तजनहरुले विश्वास गरेको बताएका थिए ।
    सतियामाई धाममा लाग्ने मेलाको समापनको दिन कुस्ती दङ्गल खेल प्रतियोगिता भएको थियो । तराईको कुस्ती खेललाई संरक्षण एवं जर्गेना गर्ने उद्देश्यले कुस्ती प्रतियोगिता संचालनमा ल्याईएको गाउँपालिकाको प्रवक्ता पोखरेलको भनाई रहेको थियो ।
    कुस्ती खेलमा २२ जोडी पहलवानहरु कलात्मक ढङ्गले आफ्ना प्रस्तुती गरेको थिए । प्रथम पुरस्कार रु. ४० हजार धनराशि उमेश पहलवानले हात पार्न सफल भएका थिए ।
    द्वितीय पुरस्कार रु.२५ हजार धनराशि पवन पहलवानले विजयी भई हातपारेका थिए भने तृतीय पुरस्कार रु.१५ हजार गुड्डुपहलवानले विजयी भै हातपारेको थिए ।
    मेला व्यवस्थापन समिति संयोजक केशव प्रसाद यादवले मेलामा राम कथा, रामलिला, कुस्ती दङ्गल, लोक भजन कृतन लगायतका कार्यक्रम गरी मेला कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएके बताएका थिए ।
    सुरक्षा समिति संयोजक इन्द्र कमल यादवले श्रद्धालुहरुको लागि सुरक्षामा सुरक्षाकर्मीले सहयोग गरेकोमा प्रशंशानिय कार्य गरेको संयोजक यादवले बताएका थिए ।
    सतियामाई धाममा आउने श्रद्धालुभक्तजनहरुको भाकल पूरा हुने विश्वास एक भारतीय श्रद्धालुभक्तले लुम्बिनीखबरलाई बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.