logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा थुनिएका गाईगोरुको मृत्युदर बढ्दो


    १४ मंसिर २०८० , बिहिबार

    लुम्बिनीमा थुनिएका गाईगोरुको मृत्युदर बढ्दो

    जिम्मेवार निकाय बेखबर
    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १४ मंसिर । लुम्बिनी विकास कोष भित्र विद्युत प्राधिकरण पछाडि ३ महिनादेखि थुनिएका छाडा गाईगोरुहरु दिनप्रति दिन मृत्यु हुनेको संख्या बढ्दै गएको छ । राष्ट्रिय जनावर भए पनि सही तरिकाले संरक्षण नभएका हँुदा एकै दिनमा पाँच वटा गाई गोरुहरु मरेका छन् । विकास कोष भित्र २५० को हाराहारीमा चौपाया गाई गोरुहरु व्यवस्थापन गरिएको छ ।

    तर ती गाई गोरुको संरक्षणमा लापरवाही देखिएको कारणले चौपायाहरुको मृत्यू भएको आरोप स्थानीयवासीहरुले लगाउने गरेका छन् । करिब एक महिना अगाडि लुम्बिनीमा राष्ट्र संघका महासचिव भ्रमणमा आउँदा यी छाडा चौपायालाई लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा व्यवस्थापन गरिएको थियो । व्यवस्थित गाँस, बास, पानी, औषधी उपचार र रेखदेखमा उचितरुपमा नहुँदा गाईहरुको धमाधम मृत्यु हुन थालेको स्रोतले जनाएको छ । जनावरहरुको व्यवस्थित व्यवस्थापन नभएकोले भोक, प्यास, घाम र चिसोले मर्न थालेको हो । स्थानीयवासीहरुका अनुसार– नगरपालिका र विकास कोषले गाईगरुहरु व्यवस्थापनका लागि ठुलो रकम खर्च गर्ने गरेपनि उचित स्याहार नगरेको आरोप लगाएका छन् ।

    तारवार गरेर थुनिएका गाईगरुहरु हाल सम्म ४५ वटाको मृत्यु भैसकेको छ । दैनिक जसो गाईगरुहरुको मृत्यु हुनथालेपछि विकासकोषले नगरपालिकालाई उचित व्यवस्थापनका लागि छलफल गरेको लुम्बिनी विकास कोषले जनाएको छ । एकदिन त ५ वटाको मृत्यु भयो । एक कर्मचारी भन्छन्, दैनिक जसो मर्ने क्रम जारी छ । व्यवस्थापनमा कमजोरी देखिएकाले जिम्मेवार निकायले चाडै पहल गर्नु पर्ने उनको माग छ । विकास कोष भित्र राखिएका छाडा चौपायाहरुको दिनमा सुख्खा पराल मात्र पराल र पानीको मात्र व्यवस्थापन हुने गरेको हेरालुहरुले बताउने गरेका छन् ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषले गाईगरुको उचित व्यवस्थापन गर्न नसकेको देखिन्छ । लुम्बिनी विकासकोषका सदस्य सचिव सानुराजा शाक्यले गाई व्यवस्थापन गर्नका लागि लुम्बिनी सांस्कृतिक नगरपालिक संग सहकार्य भैरहेको बताए । उनले छाडा छोड्दा पनि मर्न क्रम भएको भन्दै भित्र व्यवस्थापन गर्दा पनि केहि मरेको स्विकार गरे ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले विकास कोष भित्र व्यवस्थापन गरिएका गाईगरुहरुको मृत्यु नभएको बताउदै उचित व्यवस्थापनका लागि छलफल भैरहेको जानकारी दिए । उनले गाई व्यवस्थापनका लागि विभिन्न निकाय संग छलफल तथा अन्तरक्रिया भैरहेको भन्दै गौसालाका निर्माण गरि राखिने बताए ।
    महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको वरिपरि विगत केहि वर्ष देखि छाडा चौपायाँहरुको छोडिएपनि सडक तथा विकास कोष भित्र पनि समस्या श्रृजना भएको छ । यहाँको सडक तथा पार्किङ स्थल र गुम्बाहरुमा समेत छाडा चौपायाँहरुले क्षती पुराएका गुनासाहरु आउने गरेका छन् । यीनको व्यवस्थापनमा सरकारी निकाय मौन देखिन्छ ।

    स्थानीय सरकारले व्यवस्थापन गर्ने जिम्मा लिनुपर्ने भएपनि विभिन्न कारण देखाउदै पन्छिने गरेको छ । विकासकोषले गुरुयोजना भित्र गौशाला निर्माणका कार्य गर्न निर्देशित नगरेको जनाएको छ । यसका लागि प्रदेश तथा संघ र स्थानीय सरकारले पहल गरी लुम्बिनीक्षेत्रलाई धार्मिक तथा आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न छोडिएका छाडा चौपायाँको व्यवस्थापन गर्न जरुरी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.