logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सीमा नाकामा निगरानी बढाउँदै नेपाल प्रहरीद्वारा चिनी बरामद


    १६ मंसिर २०८० , शनिबार

    सीमा नाकामा निगरानी बढाउँदै नेपाल प्रहरीद्वारा चिनी बरामद

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, १६ मंसिर । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १५ नौडिहवाबाट दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिएको छ ।

    बर्दघाट नगरपालिका वडा नं. १५ नौडिहवा मा रहेको धर्म न्यौपानेको एक तल्ले टिनले छाएको घरमा अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखिएको ५० किलोको दरले ५४ बोरा २७ क्वीन्टल अन्दाजी मुल्य दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभएको छ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं। १५ नौडिहवा बाट ५० किलोको दरले ५४ बोरा २७ क्वीन्टल अन्दाजी मुल्य दुई लाख सोह्र हजार बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.