ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी,२० मंसिर । पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकाका एक शिक्षकले विद्यार्थीलाई गम्भीर रुपले पिटेका छन् ।
सरावल गाउँपालिकाको वडा नम्बर ७ बरगदवामा रहेको बर्दघाट कालिका ईङ्गलिस स्कुलका शिक्षक निरन्जन यादवले मंगलवार कक्षा १ मा पढने विद्यार्थी कन्चना राज भरलाई गम्भीर रुपले पिटेका छन् ।
कक्षा १ मा पढ्ने विद्यार्थी कञ्चना राज भरका अनुसार विद्यालयमा दिपावलीको विदा देखि जान मन नलाग्ने भएकोले उक्त शिक्षक घरवाट कुट्दै विद्यालय सम्म लगेका थिए ।
विद्यालयमा आफू नगएको लामो विदा भएको र शिक्षकहरुले दिने दण्डको डरले आफू स्कुल नजाने विद्यार्थी कन्चनाले बताएकी छिन् ।
कन्चनाका अनुसार कुनै विद्यार्थी कुनै कारण बस विद्यालय नआएमा अनिवार्य दण्डित हुने भएकोले आफू लामो विदा बसेको र विद्यालयमा पुगेपछि शिक्षकहरुले दिने दण्डको छापका कारण विद्यालय जान नमानेको बताएकी थिइन् ।
सो विद्यालयमा अध्यनरत विद्यार्थीका अनुसार शिक्षक निरञ्जनले सबै कक्षाका विद्यार्थीहरुलाई सानो वा ठूलो गल्तीमा सकारात्मक दण्ड दिनुभन्दा पनि पिटेर नै गल्ती सुधार हुन्छ भन्ने बताएका थिए ।
विद्यार्थीहरुका अनुसार आफूहरु कयौं पटक शिक्षक निरन्जनबाट छाप पर्ने गरी पिटाई खाएको बताएका थिए । पिटाई खानुको मुख्य कारण विद्यालयमा ढिलो आउनु, पाएको गृहकार्य नगर्नु, किताब पढ्न नआउनु, विदाँ बस्नु, लेखाईमा गल्ती गर्नु, पाठ बाचनमा गल्ती गर्नु, गाउँघरमा साथी संग खेलेको आदि रहेको बताएका थिए ।
त्यस्तै साथी कन्चनाले दिपावलीको विदादेखि लामो समय विद्यालय नआएको कारणले शिक्षकले लठ्ठीले छाप पर्ने पिटाई गरेको बताएका थिए । साथी कन्चना शिक्षकको पाउँ समाएर यस्तो गल्ती गर्दिन अब निरन्तर आउँछु भन्दा पनि साथीलाई आफू मन गरुनजेल सम्म पिट्ने शिक्षक निरन्जनको जवाब रहेको एक विद्यार्थीले बताएका थिए । सार्थीलाई शिक्षक निरन्जनले पिटेको देखेर सबै विद्यार्थीहरु भैवित भएको बताएका थिए । आफू रोएको एक विद्यार्थीले बताएका थिए ।
कन्चनाको अभिभावकका अनुसार आफूहरु लामो समय आफन्तका गएकोले छोरी विद्यालय नगएको बताएका छन् । विद्यालयका शिक्षक घरमै आएर छोरीलाई हातले पिट्दै लगेको बताएका छन् । छोरी लामो विदा बसेका कारण विद्यालय जान नमानेपछि घरबाट नै शिक्षक लगेको बताएका छन् । उनीहरुका अनुसार सकारात्मक तरिकाले विद्यालयमा पुर्याउनका लागि यस्तो गरेको होलन तर विद्यालयमा लगेपछि छोरीलाई माथिल्लो तल्लामा लगेर पिटाई गरेको बताएका छन् । अहिले यो घटनालाई दवाउनका लागि विभिन्न ठाउँवाट फोन आएको बताएका छन् ।
उक्त विद्यालयमा एक अभिभावकका अनुसार यस विद्यालयमा ६ पटक यस्तै घट्ना घटिसकेको बताएका थिए । विद्यालयमा विद्यार्थी सिक्नका लागि आउँछन् कि दण्डित हुनलाई यो प्रश्न सबै शिक्षकहरुलाई रहेको बताएका थिए । विद्यालयमा विद्यार्थीहरु कुनै कारण बस एक, दुई दिन नजादा अभिभावकहरुलाई के कारणले विद्यार्थी आएन पत्ता लगाउनु भन्दा पिटाई र कुटाईमा अग्रसर रहेको देखिन्छ ।
अक्राषित अभिभावकहरुले उक्त विद्यालयमा तालाबन्दी गरी उक्त शिक्षकको पर्खाइमा बसेका छन् । यो घट्नाले विद्यार्थी, शिक्षक, अभिभावक तथा आम शिक्षाप्रेमीहरु यस घटनाले आक्रोषित बनेका छन् ।
उक्त बर्दघाट कालिका ईगलिस स्कुलका प्रिन्सिपल जितेन्द्र यादवको नामको मात्र प्रिन्सिपल रहेको र भाई निरन्जन यादवलाई भ्वाइस प्रिन्सिपल बनाएर आफू अर्काको चाकरी चापलुसीमा लागेको स्थानीय अभिभावकहरु बताउछन् । प्रिन्सिपल जितेन्द्रले आफनो भाई निरन्जन यादवले विद्यार्थीलाई कयौँ पटक गम्भीर रुपमा पिटाई गरेपनि भ्वाइस प्रिन्सिपलमा नै राखेको हुदाँ यस विषयमा प्रिन्सिपल जितेन्द्र यादव पनि कसुरदार रहेको देखिन्छ ।