पोषणद्वारा बालबालिकाको जीवन रुपान्तरणका लागि परियोजना संचालन
असलम खाान । लुम्बिनीखबर
मर्चवार, २७ मंसिर । रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम सम्पन्न भएको छ ।
एकीकृत पोषण कार्यक्रम परियोजना अन्तर्गत पर्ने “पोषण मार्फत जीवन रुपान्तरण” भन्ने विषयमा पालिकास्तरीय परियोजनाका सल्लाहकार समिति एवम् सरोकारवालासंगका मंगलवार बैठक बसी छलफल तथा अन्तरक्रिया गरिएको छ ।
रुपन्देही जिल्लाको ६ वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम अन्र्तगतको परियोजना संचालन कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो । बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले सेतो गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनलको साझेदारीमा “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजनाको कार्यक्रम संचालन भएको छ ।
कार्यक्रम मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रम स्वास्थ्य क्षेत्रमा आफूले सदैव पहल गर्ने गाउँपालिका अध्यक्ष बरईले जनाएका थिए । पोषणाद्वारा बालबालिकाको जीवन रुपान्तरण कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु गर्न जरुरी रहेको र यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरी वडा र गाउँपालिकाले अत्यन्तै संवेदनशिल भएर सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा कार्यक्रमका प्रमख अतिथि गौरव ढकालले कार्यक्रमलाई संवोधन गर्दै गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनल संस्थालाई स्वागत तथा धन्यवाद दिएका थिए । स्वास्थ्यको क्षेत्रमा सहकार्य तथा सहयोग गर्न सदैव तत्पर रहने र स्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारी र भूमिकामा पछाडि नपरी सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रम सेतो गुराँस बालविकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक तथा कार्यक्रमका अतिथि सुमित्रा शर्माले कार्यक्रमको उद्देश्य बारे जानकारी दिएकी थिइन् ।
कार्यक्रममा वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर २ का वडा अध्यक्ष शशिदयाल चौधरीले यो कार्यक्रम प्रत्येक बालबालिकाको घर घरमा पुग्ने र सबैलाई समेटी उनीहरुको पोषण अवस्थालाई पत्ता लगाई उपचार गर्ने एकदमै राम्रो कार्यक्रम र यसको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य संस्था र वडा कार्यालय सहकार्य र समन्वयका लागि संधै तत्पर रहने प्रतिबद्धता चौधरीले जनाएका थिए ।
“पोषण मार्फत् जीवन रुपान्तरण” कार्यक्रमको पहिलो चरणमा १ वर्षका लागि संचालन हुने यस परियोजना रुपन्देही जिल्लाको मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, रोहिणी र गैंडहवा गाउँपालिकामा संचालन हुने र यी गाउँपालिकाका भित्रका ५ वर्ष मूनिका जम्म २६,६७४ जनालाई लक्षित गरी परियोजना संचालन गरिएको हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्माले जानकारी दिएका थिए । कार्यक्रममा रुपन्देहीमा जिल्लाको यी गाउँपालिकामा देखिएको पोषणको अवस्था र यसका महत्वका बारेमा हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक शर्माले जनाएका थिए ।
यसै गरी कार्यक्रममा कार्यक्रमका क्रियाकलापहरु, बजेट तथा कार्ययोजनाको बारेमा मिनु पुनले प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंह, वडा १ देखि ७ का वडा अध्यक्षहरु, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यसमिति सदस्य श्री ज्योति यादव, स्वास्थ्य शाखा र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले आफनो स्वागत मन्तव्य खाखि स्वागत गरेका थिए भने रायपुर स्वास्थ्य संस्थाका प्रमुख राकेश यादव संचालन गरेका थिए ।