logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी निर्माण व्यवसायी संघको नेतृत्वमा प्रयास खड्का स्वतन्त्र प्यानल घोषणा


    २८ मंसिर २०८० , बिहिबार

    लुम्बिनी निर्माण व्यवसायी संघको नेतृत्वमा प्रयास खड्का स्वतन्त्र प्यानल घोषणा

    भैरहवा, २८ मंसिर । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको १३ औं अधिवेशन–२०८० का लागि प्रयास खड्काको नेतृत्वमा स्वतन्त्र प्यानल घोषणा गरिएको छ । संघको अधिवेशन यही मंसिर ३० गते शनिबार हुँदैछ ।

    बिहिबार भैरहवामा घोषणा सभा गरी स्वतन्त्र प्यानल घोषणा गरिएको हो । उक्त प्यानलबाट प्रथम उपाध्यक्षमा डण्डपाणी पाण्डे, द्वितीय उपाध्यक्षमा रामरतन गुप्ता, महासचिवमा प्रितम रौनियार, कोषाध्यक्षमा रोशन खनाल, सचिवमा महेश कुमार दुवे र सह–कोषाध्यक्षमा पवन मिश्रले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका खड्का हाल संघमा महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

    घोषणा सभामा बोल्दै खड्काले स्वतन्त्र प्यानल समावेशी प्यानल भएको बताए । उनले भने, ‘संस्था पार्टीगत रुपमा अघि बढ्नु हुँदैन भनेर हामीले उम्मेदवारी दिदैछौं । निर्माण व्यवसायीका समस्या समाधान गर्न हामी लागिपरेका छौं र निरन्तर लाग्नेछौं ।’

    घोषणासभामा बोल्दै महासचिव पदका उम्मेदवार प्रितम रौनियारले व्यवसायीको मर्म बुझेको बताए । उनले भने, ‘संस्था र निर्माण व्यवसायीको हकहितमा काम गर्दै आएका छौं ।’

    संघका पूर्वअध्यक्ष बलराम शर्माले स्वतन्त्र प्यानल टीम जुझारु र युवा भएको बताए । उनले यो प्यानलमा रहेका निर्माण व्यवसायीहरुको सक्षमताका कारण निरन्तर संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.