logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शंकरपुर ताल निर्माणको पहलमा रजौरिया


    १ पौस २०८० , आइतबार

    शंकरपुर ताल निर्माणको पहलमा रजौरिया

    शहबाज खान । लुम्बिनीखबर
    कृष्णनगर, ३० मंसिर । संघीय तथा प्रदेश सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रजौरियाले शंकरपुर ताल निर्माणका लागि जोड दिएका छन् ।
    विजयनगर गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित शंकुरपुर ताल निर्माणको लागि बिहिवार स्थलगत अनुगमन गरिएको रजौरियाले बताएका छन् ।
    सिंचाई तथा जल स्रोत व्यवस्थापन आयोजना जावलाखेल ललितपुरका प्रमुख योगेन्द्र मिश्र, इन्जिनियर सहितको टोलीले योजना कार्यान्वयनको लागि शंकरपुर तालको स्थलगत अनुगमन गरेको राप्रपाका लुम्बिनी प्रदेश समिति सदस्य दिपक रजौरियाले बताए ।
    रजौरियाले २०७९ सालमा तीन वर्षभित्र शंकरपुर ताल विजयनगरको पूर्ण संरक्षण, स्तरोन्नोती, क्षमता वृद्धि गरी सुरहीबाट पानी लिफ्ट गरेर सिंचाई गर्ने भनि वाचा गरेका थिए । उनले योग्य ८ सय ५० हेक्टरमा सिंचाइ सुविधा विस्तार गर्ने संकल्पलाई साकार गर्न लागि बिहिवार शंकरपुर तालको स्थलगत अनुगमन गरिएको बताए ।
    अनुगमन गर्न आएका टोलीलाई शंकरपुर ताल बारे सुझाव सल्लाह समेत दिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री जानकी प्रसाद यादव, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, युवा समाजसेवी चेतन ढकाल लगायतको उपस्थिति थियो ।
    गत वर्ष भदौँ महिनामा अविरल वर्षाका कारण तालको बाँध फुटेको थियो । बाँध निर्माण नभएपछि सयौँ किसान मर्कामा परेका थिए । अहिले शंकरपुर तालको निर्माण हुने कार्यले हर्षित देखिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.