अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ३० मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मसिना कार्यालयले कृषकहरुलाई विद्युत्तीय स्प्रे टंकी वितरण गरेको छ ।
कार्यक्तम लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । सो कार्यक्रममा नगर प्रमुख मुसलमानले यो वडा संख्याको हिसावले ठुलो वडा भएकोले सबैलाई एकै चोटि पुराउन नसकिने बताएका थिए । यसका लागि वडाले प्रत्येक वर्ष वडाबाट किसानहरुलाई विद्युत्तीय स्प्रे टंकी, बिउ विजन लगायतका अन्य कृषि सामग्रीहरु कृषकहरुलाई वितरण गर्ने जानकारी दिएका थिए । नेपाल कृषि प्रधान देश भए पनि किसानहरुले हरेक वर्ष किसानहरुलाइ कृषि सम्बन्धी समस्याहरु झेल्न परेको देखिन्छ तर आफू नगरपालिकाका नगर प्रमुख भएकाोले हरेक निकायबाट किसानहरुलाई सेवा सुविधा उपलब्ध गराउने प्रयास जारी राखेको बताएका थिए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अकरामुद्दीन मुसलमानको संयोजकत्वमा संचालन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष मुसलमानले ८० जना वास्तविक कृषकहरुलाई विद्युत्तीय स्प्रे टंकी वितरण गर्ने बताएका थिए । वडामा कृषकको संख्या धेरै भएको र आफूले वितरण गर्न सोचेको र चाहेको जति बजेट नभएकोले बजेट अनुसार विद्युत्तीय स्प्रे टंकी गरको र अगामी दिनमा सबै कृषकलाई पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख फणीन्द्र कुमार पाल, अतिथि वडा सचिव राजेन्द्र यादव, वडाका सदस्यहरु, समाजसेवी, किसानहरु लगायतको उपस्थितिमा भएको थियो भने कार्यक्रम वडाका कम्पुटर अपरेटर माया गौतम संचालन गरेकी थिइन् ।