अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ३० मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १३ कालिदह कार्यालयले एक कार्यक्रमको आयोजना गरी दलित महिलाहरुलाई ग्यास चुलो र सिलिन्डर वितरण गरेको छ ।
बुधवार वडा कार्यालयले आर्थिक वर्ष ०८०।०८१ सालको योजना अनुसार वडाले दलित लक्षित कार्यक्रम अनुसार वडा भित्र रहेको एक सय घरधुरी दलित महिलालाई खाना पकाउने ग्यास चुलो र सिलिण्डर वितरण गरेको हो ।
कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा नगरप्रमुख मुलमानले कार्यक्रमलाई सम्वोधन गर्दै वडा स्तरीय दलित महिलाहरुलाई ग्यास चुलो र सिलिण्डर वितरण कार्यक्रम एकदमै राम्रो रहेको र यसबाट चुलोचौकी गर्ने महिलाहरुलाई पहिला जस्तो खाना पकाउनमा समस्या नहुने बताएका थिए । खाना पकाउन सहज र सजिलो हुने आउने दिनहरुमा दलित समुदायलाई विभिन्न किसिमको जिविकोपार्जनका लागि तालिम नगरपालिकाबाट संचालन गर्न आफूले पहल गर्ने बताएका थिए ।

उक्त कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सई मुहम्मद खाँनको संयाजकत्वमा संचालन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष खानले महिलाहरुले खाना पकाउनमा झेल्नु परेको समस्यालाई ध्यानमा राखि दलित महिलाहरु वितरण गरेको बताएका थिए । महिलाहरुलाई जाडो मौसम घाँम नभएका कारण गोवरका गोइठाहरु नसुक्दामा खान पकाउन गाह्रो भएको र घरमा ग्यास नहुँदा समयमा बच्चाहरुलाई समयमा विद्यालय टिपिन तयार गर्न कठिनाई हुने र घर परिवारको काम समयमा हुन नसकिने अवस्थालाई मध्य नजर गरेर ग्यास चुलो र सिलिण्डर वितरण गरेको बताएका थिए । खाना पकाउनका लागि गोबरको गोइठा प्रयोग गर्दा धुवाँले विभिन्न किसिमको रोग लाग्ने भएकोले स्वास्थ्यलाई विशेष ध्यानमा राखेर यो कार्यक्रम गरेको बताएका थिए । दलित मानिसहरुको घरको आर्थिक अवस्था कमजोर भएकाले दलित महिलाहरुलाई ग्यास चुलो र सिलिण्डर वितरण गरेको र आउने दिनहरुमा सबै दलित समुदायहरुमा घरपिछै पुगने गरि वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी नगरपालिकाका प्रशासन शाखा प्रमुख शोभाकर पौडेल अतिथि सामाजिक विकास शाखा प्रमुख फणिन्द्र कुमार पाल, लेखापाल तथा आर्थिक प्रशासन शाखा सुर्य बहादुर चौधरी, वडा सचिव लवकुश पुरी, वडा नं. १३ का सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थितमा रहेको थियो भने वडा नम्बर १३ का कम्प्यूटर अपरेटर विजय गुप्ताले कार्यक्रम संचालन गरेका थिए ।