logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सम्मरीमाईमा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम


    १ पौस २०८० , आइतबार

    सम्मरीमाईमा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, १ पुस । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम सम्पन्न भएको छ ।

    एकीकृत पोषण कार्यक्रम परियोजना अन्तर्गत पर्ने “पोषण मार्फत जीवन रुपान्तरण” भन्ने विषयमा पालिका स्तरीय परियोजनाका सल्लाहकार समिति एवम् सरोकारवालासंगका अइतवार बैठक बसी छलफल तथा अन्तरक्रिया गरिएको छ । रुपन्देही जिल्लाको ६ वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम अन्तर्गतको परियोजना संचालन कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो ।

    बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले सेतो गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनलको साझेदारीमा “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजनाको कार्यक्रम संचालन भएको छ । कार्यक्रम सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षतामा संचालन गरिएको थियो ।

    कार्यक्रम स्वास्थ्य क्षेत्रमा आफूले सदैव पहल गर्ने गाउँपालिका अध्यक्ष श्रीवास्तवले जनाएका थिए । पोषणाद्वारा बालबालिकाको जीवन रुपान्तरण कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु गर्न जरुरी रहेको र यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरी वडा र गाउँपालिकाले अत्यन्तै संवेदनशिल भएर सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा कार्यक्रमका प्रमख अतिथि गौरव ढकालले कार्यक्रमलाई संवोधन गर्दै गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनल संस्थालाई स्वागत तथा धन्यवाद दिएका थिए । स्वास्थ्यको क्षेत्रमा सहकार्य तथा सहयोग गर्न सदैव तत्पर रहने र स्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारी र भूमिकामा पछाडि नपरी सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।

    कार्यक्रम सेतो गुराँस बालविकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक तथा कार्यक्रमका अतिथि सुमित्रा शर्माले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य बारे जानकारी दिएकी थिइन् ।

    कार्यक्रममा वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अदहम अलि दवानले यो कार्यक्रम प्रत्येक बालबालिकाको घर घरमा पुग्ने र सबैलाई समेटी उनीहरुको पोषण अवस्थालाई पत्ता लगाई उपचार गर्ने एकदमै राम्रो कार्यक्रम र यसको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य संस्था र वडा कार्यालय सहकार्य र समन्वयका लागि संधै तत्पर रहने प्रतिबद्धता देवानले जनाएका थिए ।

    “पोषण मार्फत् जीवन रुपान्तरण” कार्यक्रमको पहिलो चरणमा १ वर्षका लागि संचालन हुने यस परियोजना रुपन्देही जिल्लाको सम्मरीमाई, कोटहीमाई, मर्चवारी, मायादेवी, रोहिणी र गैंडहवा गाउँपालिकामा संचालन हुने र यी गाउँपालिकाका भित्रका ५ वर्ष मूनिका जम्म २६,६७४ जनालाई लक्षित गरी परियोजना संचालन गरिएको हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्माले जानकारी दिएका थिए ।

    कार्यक्रममा रुपन्देहीमा जिल्लाको यी गाउँपालिकामा देखिएको पोषणको अवस्था र यसका महत्वका बारेमा हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक शर्माले जनाएका थिए । यसै गरी कार्यक्रममा कार्यक्रमका क्रियाकलापहरु, बजेट तथा कार्ययोजनाको बारेमा मिनु पुनले प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष प्रिंका शाही सिंह, वडा १ देखि ७ का वडा अध्यक्षहरु, स्वास्थ्य शाखा र सबै स्वास्थ्य संस्थाका प्रमुखहरु , गाउँ पालिका भित्रमा विभिन्न निकायमा काम गर्ने समजसेवी, पत्रकारहरुको सहभागिता रहेको थियो। सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी संचालन गरेका थिए।

     

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.