लुम्बिनीखबर
भैरहवा, ८ पुस । एशोसिएसन बुद्धिष्ट टुर एण्ड अर्गानाइजेसन (एबी.टि.ओ) ले इन्टरनेशनल बुद्धिष्ट ट्राभल्स मार्ट (एबी.टि.ओ) भारतको कोशीनगरमा सम्मपन्न गरेको छ ।
डिसेम्बर १०, ११ र १२ तीन दिनसम्म चलेको एबी.टी.ओ.टिमले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएको देखिन्छ । बिभिन्न २५ देशका पर्यटन व्यसायीहरुको उपस्थित रहेको कार्यक्रममा नेपालले पनि सहभागीता जनाएको थियो ।
यो सम्मेलन ६ औँ पटक एबी.टि.ओ.ले आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक डा. कौलेश कुमारले जानकारी दिए । यो कार्यक्रममा नेपाल, म्यानमार, थाईल्याण्ड, बङ्लादेश लगायतका प्रतिनिधि पर्यटन क्षेत्रको विकासका लागि छलफल चलाएका थिए ।
नेपालको लुम्बिनीबाट पर्यटन व्यवसायी अशोक कुमार गुप्ताको नेतृत्वमा ल्हाक्पा फुन्टशोक लामा, दिलिप कुमार न्यौपाने, दिलिप सिंह राई, सागर बर्मा, मनु खान, माधवराज पौडेल, साथै पत्रकारहरु हरि कुमार लोहनी र विनोद बिष्ट सहभागी भएका थिए ।
कार्यक्रममा लुम्बिनी पिस अवार्डबाट लुम्बिनी विकास कोष योजना प्रमुख सरोज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उप–प्रमुख कल्पना हरिजन, पर्यटन व्यवसायी अशोक कुमार गुप्ता र मनु खान लुम्बिनी पिस अवार्डबाट समेत सम्मानित भएका थिए ।