logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रेस क्लबको ९ औँ स्थापना दिवस


    १५ पौस २०८० , आइतबार

    लुम्बिनी प्रेस क्लबको ९ औँ स्थापना दिवस

    केन्द्रीकृत शासनलाई घर घरसम्म पु¥याउने शासन नै संघीयता हो ः सभामुख घर्ती मगर
    भैरहवा,१५ पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताले असहजलाई सहज बनाउने बताएका छन् । केन्द्रीकृत शासनलाई घर घरसम्म पुर्याउने शासन नै संघीयता भएको बताए । लुम्बिनी प्रेस क्लबको ९ औं स्थापना दिवस कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताए । चीनमा एकात्मक शासन प्रणाली छ । भारतमा दुई तहको शासन प्रणाली र नेपालमा तीन तहको संघीयता शासन प्रणाली भएको बताउंदै भारतमा संघीय शासन प्रणालीले गरि दुई मुलुकको बिचमा स्वाधिन मूलक नेपाल बिचमा रहेको बताए ।

    शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउंदै सभामुख घर्तीले कहिले कसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताए । नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय नभएको उनको तर्क थियो । भर्खर जन्मेको ६ बर्षको बच्चा कसरी दौडिन सक्छ ? सभामुखले प्रश्न गरे ।

    ब्युरोक्रेसीले राजनीति गर्दा बिग्रेको बताउंदै घर्तीले नेताले नेताको काम नगर्ने कर्मचारीले कर्मचारीकोरुपमा काम नगर्दा देश बिग्रेको बताए ।
    यो ब्यबस्थामा सबै खराब नरहेको बताउंदै सभामुख घर्तीले राजनीतिमा आउने सबै खराब नहुने तर्क गरे । पात्र दोसि होलान् तर सबै दोसि हुंदैनन । कोको खराब छन् भन्नुपर्छ सभामुख घर्तीले भने । एउटा घटनालाई लिएर सबैलाई दोसी भन्नू राम्रो नभएको बताउंदै घर्तीले समाजमा ३ थरिका मान्छे भएको तर्क गरे । एक थरिले देशको बारेमा बुझछन जे दियो त्यो सम्हाल्छन् । अर्को मान्छे गतिला इमानदारी तर भनेर गर्ने नभने नगर्ने खालका छन । दोस्रो अटेरी छन । पहिलो जिम्मेवारी, दोस्रो आज्ञाकारी, तेस्रो अटेरी खालका मान्छे भएको र अहिले अटेरी खालको ट्रेन हाबी भएको सभामुख घर्तीको तर्क थियो ।
    लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रप्रकाश गुप्ता (सिके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको बताए । परिवार चलाउन युवा परदेश जानू बाध्यता रहेको तर्क गरे । जति पनि ठूला दल छन् प्रदेश सरकार नेता कार्यक्रता थुपार्ने थलो भएको बताए । प्रदेश सरकारलाई अधिकार नै नदिएको बताउंदै नेपाल भनेको काठमाडौँ मात्रै हो भन्ने मानसिकता बिकास भएको बताए । कसैलाई खेतीको बारेमा थाहा छैन त्यही कृषि मन्त्री हुने बताउंदै मन्त्री गुप्ताले देशलाई बिकसित बनाउन कृषिको आधुनिकरण गर्नुपर्ने बताए ।
    सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सबैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथि कोरुपमा व्यवहार गर्नुपर्ने बताए ।
    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको सन्चार सदैब विपक्षमा रहनुपर्ने बताउंदै क्षमता वृद्धिका कार्य गर्नु पर्ने बताए ।
    सन्चारकर्मीलाइ संघीयता अझै नआएको तर्क गर्दै सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए । लुम्बिनी प्रदेशमा सन्चारका कानुन नबन्दा संघीयताको महसुस पत्रकारलाई नभएको बताए । लुम्बिनी प्रदेशमा ५० प्रतिशत पत्रकारलाई स सम्मान बिदाइ गरेको बताउंदै खड्काले पत्रकारको शुद्धीकरणका लागि समेत पत्रकार महासंघले अभियान थालेको बताए । शुद्धीकरण संगसंगै क्षमता अभिबृद्धीका लागि समेत महासंघले भुमिका खेलेको बताए ।
    नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुनेमा सचेत नभएको बताए । पोख्रेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताए ।
    हजारौं युवाहरुको बिमानस्थलमा लाइन लागेको तर्क गर्दै पोख्रेलले सवै मिलेर सुधार गर्नुपर्ने देश बनाउनु पर्ने बताए । राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रका कारण देशका युवा पलायन भइरहेको बताए ।
    लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा सन्चार यात्राको कार्यमा कृयाशील भएको बताए ।
    सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सामुहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् । यहाँको एजेन्डा सुन्दर नगर पर्यटकिय नगर बनाउन लागिपरेको बताउंदै नगरको बिकासमा सबैले हातेमालो गर्नुपर्ने बताइन् ।

    उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए । राज्यले राजस्व मात्रै लिने उद्योगको बिकासका निम्ति भुमिका नखेल्दा उद्योगी धारासायी बनेको तर्क गरे ।
    लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रमा कृयाशिल भएको बताउंदै पत्रकारका हक हितका निम्ति सदैब तत्पर रहेको बताए ।
    यसैगरी लुम्बिनी प्रेस क्लबले ९ औं स्थापना दिवसको अबसरमा लुम्बिनी प्रेस रत्न २०८० अवार्डबाट २५ हजार नगद राशी सहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पुर्ब अध्यक्ष दिपेश पछाइलाई ११ हजार नगद राशी सहित सम्मानित गरेको छ ।
    लुम्बिनी प्रेस क्लबले भैरहवाबाट लुम्बिनीसम्म गरेको मौन पद यात्रामा भैरहवा देखि लुम्बिनी सम्म पुगेका ब्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरेको थियो

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.