हमलामा ५ नेपाली र ४ अफगानी घाइते
काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु भएको छ ।
अफगानिस्ताको गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले एक पैदल यात्री बस रोकिएको ठाउँमा आएर आफूलाई आत्मघाती विस्फोट गराउँदा बसमा सवार १४ नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार आत्मघाती हमलामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा ५ नेपाली र ४ अफगानी रहेका छन् ।
नेपाली सुरक्षा गार्डहरु बोकेको उक्त बस पूर्वी शहर जलालावाद जाने बाटोमा थियो ।
प्रारम्भिक सूचनाअनुसार म्यानपावर कम्पनीमार्फत अवैध रुपमा अफगानिस्तान पुगेका सेक्युरिटी गार्डहरु नेपालका पूर्व सुरक्षाकर्मी थिए । यद्यपी पुष्टि हुन बाँकी छ ।
यो घटनाबारे नेपाल सरकारले भने केही भनेको छैन् । परराष्ट्र मन्त्रालयले घटनाबारे पाकिस्तानी दूतावासमार्फत बुझ्ने कार्य भइरहेको जनाएको छ ।
घटनाको जिम्मा आतंकवादी संगठन तालिवानले लिएको छ । तालिवानका एक जना प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमला आफूहरुले गरेको दाबी गरेका छन् ।