लुम्बिनीखबर
भैरहवा, १७ पुस। तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको श्री सरस्वती योग साधना तथा अनुसन्धान केन्द्र मणिग्रामले पौष १६( जनवरी १) गते सोमबार प्रथम कोदो रोटी दिवस मनाएको छ।
कार्यक्रममा तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यमा भएको थियोे । कोदोको रोटी दिवसको अवसरमा उक्त क्षेत्रका सबै सर्वसाधारणहरुलाई चुले निम्तो दिएर सो कार्यक्रम सभ्य र भव्य रूपमा मनाइएको हो।

कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रमेश डुम्रेले साधाना केन्द्रले कार्यक्रमलाई सम्बोधन गर्दै यो केन्द्रले पहिले आयोजना गरेको करेसावारी दिवस र जनवरी १ गतेका लागि “कोदोको रोटी दिवस” मनाउने कार्यक्रम दुबै कृषि र हाम्रो परम्परा जोगाउने कार्यक्रम भएकोले आयोजक प्रति धन्यवाद दिँदै आगामी दिनमा यस्ता दिवसका लागि स्थानिय सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त जनाएका थिए ।

कार्यक्रममा योग प्रशिक्षक अर्जुन ज्ञवालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्राध्यापक बाबुराम भण्डारीले कोदोको रोटी र कोदोका परिकार खानाले स्वास्थको लागि हुने विभिन्न फाइदा बारेमा बताएका थिए। कार्यक्रम श्री सरस्वती याेग साधना तथा अनुसन्धान केन्द्रका अध्यक्ष गायत्री पाण्डेको संयोजकत्वमा भएको थियोे ।

कार्यक्रममा स्थानीय सर्वसाधारण ,शिक्षक, कर्मचारी, स्थानिय जनप्रतिनिधि , साधना केन्द्रका सम्पुर्ण साधक साधिकाहरु लगायतका २ सय भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको संचालन सरस्वती योग साधना तथा अनुसन्धान केन्द्र मणिग्रामको वर्तमान अध्यक्ष दुर्गा चापागाईंले गरेका थिए ।