logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ऋण भुक्तान हुँदासाथ ट्रक्टर नामसरीः व्यवसायी


    २२ पौस २०८० , आइतबार

    ऋण भुक्तान हुँदासाथ ट्रक्टर नामसरीः व्यवसायी

    पुस २२, तिलोत्तमा । यस क्षेत्रका टेक्टर व्यवसायीहरुले टेक्टर नामसारी गर्न ६ वर्षको समय तोकिएकोमा असहमति जनाउदै ऋण भुक्तान हुदाँसाथ नामसरी गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले टेक्टरले कृषि र गैर कृषि दुबैमा निर्वाधरुपमा काम गर्न पाउनुपर्ने, भारवाहन क्षमताको आधारमा ढुवानी गर्न पाउनु पर्ने र ट्रलिलाइ टेक्टरको अङ्गको रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।

    लुम्बिनी टेक्टर समिति तिलोत्तमा ९, शंकरपुर, रुपन्देहीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्ने टेक्टर व्यवसायीहरुले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा टेक्टरको वार्षिक कर बढी भएकाले पुनरावलोकन गरी घटाउन माग गरे । उनिहरुले नदिको संरचना नबिगरिने गरी ट्रक्टरले नदिजन्य पदार्थ निकासी गर्ने ब्यवस्था मिलाउन जिल्ला समन्वय समिति स्थानीय पालिकासँग आग्रह गरेका छन् । साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले ट्रक्टर व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले टेक्टर व्यवसायीका समस्या रुपन्देहीका १६ वटा पालिका र जिल्ला समन्वय समितिसँग सम्बन्धित भएकाले समन्वय समिति र पालिकाहरुसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने विश्वास दिलाउनु भयो ।

    उपप्रमुख जागेश्वरीदेबी चौधरीले व्यवसायीका समस्या प्रति नगरपालिका संवेदनशील रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भयो । साधारणसभामा टेक्टर समितिका अध्यक्ष स्वयम्बन्धु कार्कीले कुनै व्यवसायीले टेक्टर खरिद गर्न चाहेमा भन्सार तिरेर ल्याउन पाउनुपर्ने माग गर्दै नदिजन्य पदार्थको ढुवानी खुल्ला नहुनु र ट्रक्टरको बिमा गर्दा हलो, ट्रली र रोटाभेटरको पनि बिमा गरिनु पर्ने माग गर्नु भयो ।

    कार्यक्रममा नेपाल टेक्टर महासंघका अध्यक्ष खेम गौतम, पूर्व अध्यक्ष प्रदिपप्रसाद उदय, समितिका सल्लाहकार उदय गुरुङ्ग, संस्थापक सदस्य ज्योती अर्याल, नेपाल किसान ट्रयाकटर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिस्णु भण्डारी, तिलोत्तमा च्याम्बर अफ कमरसका वरिष्ठ उपाध्यक्ष बिष्णु बराल लागायतले आआफ्ना भनाई राख्नु भएको थियो । यसै बिच टेक्टर समितिको १७“सदस्यिय नया नेतृत्वका लागि पुस २८ गते निर्वाचन हुँदैछ । १९ गते भएको मनोनयन दर्ताका क्रममा १७ पदका लागि ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन सयोजक उदयबहादुर गुरुङ्ले जानाकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.