logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारीमा ४ दिनको जाडो विदा


    २२ पौस २०८० , आइतबार

    मर्चवारीमा ४ दिनको जाडो विदा

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, २२ पुस। जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए। अत्याधिक जाडो भएको हुनाले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको जानकारी गराइन्छ, ’अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ।
    गाउँपालिका अध्यक्ष बरईका अनुसार यस क्षेत्रलाई पर्यटकीय हिसाबले प्रवर्द्धन र विकास गर्ने पालिकाको योजनासमेत छ। तर, यसका लागि प्रदेश सरकारले सहयोग नगरेको उनको गुनासो छ । उनले भने, ‘हामीले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आग्रह गरेका थियौँ । पत्रै लेखेर पनि योजनाका लागि बिन्ती गर्‍यौँ, तर प्रदेश सरकारले हाम्रो मागलाई सुनेको नसुन्यै गर्‍यो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.