logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सरावलमा बजार अनुगमन गर्दा अधिकांश पसल दर्ताविना नै सञ्चालनमा


    २५ पौस २०८० , बुधबार

    सरावलमा बजार अनुगमन गर्दा अधिकांश पसल दर्ताविना नै सञ्चालनमा

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी , २५ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र अनुगमन गरेको छ । मंगलबार पालिकाको वडा नम्बर १ ,२ र ३ को मासु पसल, खाद्यान्य र दैनिक उपभोग्य बस्तुको अनुगमन गरेको हो ।
    सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजनको नेतृत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा , योजनाशाखा प्रमुख ईश्वरी प्रसाद खनाल , लेखाशाखा प्रमुख नारायण पाण्डेय , प्रशासनशाखा प्रमुख देशकान्त बस्याल , स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनाल ,कृषि शाखा प्रमुख कुलदिप मिश्र ,प्रशासन सहायक राजन बस्याल , उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष नगेन्द्र चौधरी तथा प्रहरी चौकी प्रमुख , नगर प्रहरी एवं पत्रकार लगाएतको सहभागितामा व्यवसायमा अनुगमन गरिएको हो ।

    दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, दर्ता , नविकरण तथा मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको हो ।
    बजार अनुगमनको क्रममा पसलहरुलाई म्याद सकिएका सामानहरु तत्काल हटाउन र म्याद नसकिएको सामान मात्र बिक्री वितरण गर्न टोलीले निर्देशन दिएको छ ।
    अनुगमन समितिले मासु पसलहरूलाई अझ बढी सफा सुग्घरमा ध्यान दिन निर्देशन दिएको छ । त्यस्तै अनुगनका क्रममा थोक बजारमा रहेका पसलहरूले प्रमाणपत्र नराखेको, बिक्री विजक जारी नगरेको भेटिएपछि प्रमाणपत्र राख्न निर्देशन दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।


    त्यस्तै पसलहरू पालिकामा सूचीकृत नभएको, साइन बोर्ड नभएको, नवीकरण नगरिएको, मूल्यसूची नभएको, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मदिराजन्य पदार्थ इजाजतविना बिक्री–वितरण गरिएको, फेन्सी पसलमा गुणस्तरीय सामग्री र गुणस्तरहीन सामग्रीको व्यवस्थापन नगरिएको, खरिद बिल नभेटिएको, कास्मेटिक पसलमा फेन्सी सामग्री राखेर बिक्रीवितरण गरेको भेटिएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.