असलम खान
मर्चवार , ९ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं.३ मुस्राहवाँ बस्ने झिन्ने केवटको घरमा राती बिजुलीको सर्किट शटबाट गोठमा आगो लागेको छ। सो आगो लागिबाट तीन वटा बाख्राको जलेर मृत्यु भएको छ भने एउटा भैंसी जलेर गम्भीर घाइते भएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी गराएका छन्। तत्काल राहतकोरुपमा त्रिपालसहित भैंसीको उपचारको लागि डाक्टर खटाएको र गाउँपालिका तथा व्यक्तिगतबाट सकेसम्म आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष बरईले प्रतिबद्धता गरेका छन्।