भैरहवा, माघ ९ । सिद्धार्थनगर वडा नं.९ मा रहेको श्री भानु माध्यमिक विद्यालयलाई माता कुन्तीदेवी न्यौपाने र पिता स्व. लीलाराम न्यौपानेका सुपुत्र विष्णुप्रसाद न्यौपानेद्वारा माता कुन्तीदेवी न्यौपानेको ८४औं वर्षको अवसरमा विश्व गायत्री स्मृति भवन एवम् विश्व गायत्री गरीब तथा जेहेन्दार छात्रवृत्तिका संस्थापक कुन्तीदेवी न्यौपानेले दुई कोठे सटर भवन विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

भवन निर्माण रु. १० लाखको सहयोगमा बनेको भवन विद्यालयका प्रधानाध्याक मोतिलाल सुवेदीले हस्तान्तरण कार्यक्रममा बताउनु भयो । न्यौपाने आफ्ना स्व.पिता लिलाराम न्यौपानेको प्रेरणाबाट सामाजिक कार्यमा लाग्नुपर्ने बताउनु भयो । वहाँ रुपन्देहीका धेरै स्थानहरुमा सामाजिक कार्यहरुमा गर्दै आइरहनु भएको बताउनु भयो । विशेष गरी सामुदायिक विद्यालय, अस्पतालमा सहयोग गर्ने र आउने दिनहरुमा पनि पिछडिएका र अफ्ठयारोमा परेका विद्यालयहरुलाई सहयोग गर्नेु पर्ने जोड दिनु भयो ।
स्वस्थ्य र शिक्षा पाउने ठाउँहरुमा जातपात कुनै भेतभाव नहुने ठाउँहरुमा न्यौपाने परिवारको साथ र सहयोगले गर्दा तपाइँ हामीले पनि यस्तै पुण्यको कामहरु गर्नु पर्छ भन्ने एउटा प्रेरणा पाएको माया र ममताले अगाडी बढीरहेको र न्यौपाने परिवारका सहयोग पाउँदा विद्यालय व्यवस्थापन समिति तथा कार्यक्रमका अध्यक्ष फैज अहमद खानले खुशी ब्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीको सञ्चालन, प्रमुख अतिथि कुन्तीदेवी न्यौपाने, अध्यक्षमा फैज अहमद खान, रूपन्देही लिलाराम मा.वि.का प्रधानाध्यापक मुक्तिराम रायमाझी, ९ नं वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
