logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मणिमुकुन्दमा अतिरिक्त क्रियाकलाप सुरु


    ११ माघ २०८० , बिहिबार

    मणिमुकुन्दमा अतिरिक्त क्रियाकलाप सुरु

    बुटवल, १० माघ । मणिमुकुन्द कलेज बुटवलमा अतिरिक्त क्रियाकलाप सुरु भएको छ ।
    स्पोर्टस् मिटको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्राचार्य क्षेत्रीले खेलकुदमा भाग लिने विद्यार्थीको विद्यार्थीको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य पनि राम्रो हुने भएकाले हरेकको जीवनमा खेलकुद महत्वपूर्ण पक्ष भएको बताए ।

    विद्यार्थीमा रहेको खेल प्रतिभा प्रष्फुटन गराउँदै भविष्यमा कुशल खेलाडी उत्पादनका लागि कलेजले सकेसम्म धेरै विद्यार्थीलाई स्पोर्टस् मिटमा सहभागी गराउने उद्देश्य राख्ने गरेको उनले बताए ।

    कलेजले शैक्षिक गुणस्तरसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्राथमिकता दिएको हुँदा हालै बुटवलमा हिसानले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ र पुरुष भलिबलमा मणिमुकुन्दका विद्यार्थी प्रथम हुन सफल भएको जानकारी गराए ।

    कलेजका सह–प्राचार्य दिवाकर खनालले अनुशासनपूर्वक खेलेर आफ्नो क्षमता प्रदर्शन गर्न सुझाव दिंदै जीत हार भन्दा पनि प्रतियोगितामा सहभागीता जनाउँदा पनि धेरै कुरा सिक्न सकिने बताए ।

    कलेजका संयोजक पशुपति चौधरीले चार दिनसम्म चल्ने स्पोर्टस् मिटमा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, चेस लगायतका खेलहरू खेलाइने जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.