लुम्बिनीखबर
नवलपरासी, १३ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ मा निःशुल्क आँखा आँखा शिविर सम्पन्न भएको छ ।
शुक्रवार नेपाल नेत्र ज्योति संघका डा. बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजना र रामग्राम नगरपालिका वडा न. १४ सहकार्यमा जनता माध्यमिक बिद्यालय डैनहवाको प्राङगणमा निःशुल्क आँखा शिविर गरिएको हो ।
उक्त निःशुल्क शिविर १ दिन मात्र संचालन भएको आयोजक स्रोतले जनाएको छ । कार्यक्रम आखाँ परिक्षण गर्दा १ सय ३५ जनालाई मोतियाबिन्दु देखिएको छ ।
उक्त कार्यक्रममा जम्म २ सय ९५ जनाको आँखा परिक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएका बिरामीह?को निःशुल्क शल्यक्रिया डाक फाउण्डेसन र विनोद निता कण्डेल आँखा अस्पताल परासीले गर्ने भएको छ ।
शिविरमा रामग्राम वडा नंं १४ का वडाध्यक्ष ओमप्रकाश यादवकोे अध्यक्षता र नेपाल नेत्र ज्योति संघ परासी शाखाका अध्यक्ष तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पासी, सदस्य मुक्ती चौधरी र नेपाल नेत्रज्योति संघ परासी शाखाका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल, सहकोषाध्यक्ष लक्ष्मीनारायण गुप्ता लगायतले मन्तव्य राखेका थिए ।