logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मर्चवारी–४ मा जेष्ठ नागरिक तथा विपन्नलाई सम्मानका साथै कम्बल वितरण


    १५ माघ २०८० , सोमबार

    मर्चवारी–४ मा जेष्ठ नागरिक तथा विपन्नलाई सम्मानका साथै कम्बल वितरण

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, १५ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ ले आफ्नो वडामा बसोबास गर्ने जेष्ठ नागरिक, विपन्न, ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
    सोमबार एक कार्यक्रमका बिच मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, वडा अध्यक्ष ओम प्रकाश चौधरीले जेष्ठ नागरिक, विपन्न ब्यक्तिहरुलाई सम्मान गरेका हुन्।
    कार्यक्रममा वडाका २६० जना जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिदै सम्मान गरिएको वडा नम्बर ४ का सचिव अनिल धवलले बताए।


    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सबैलाई दान दिन प्रेरित गरे । आफुले कमाएको अंशबाट केही भाग दान दिनुपर्छ यसले पूण्यको भागी भईन्छ। उनले भने अशक्त, अपाङ्ग एवम् जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको महापूण्यको काम हो । मर्चवारी गाउँपालिका यस्ता सामाजिक काममा अगाडी बढेको अध्यक्ष बरईले बताए । जाडोको मौषमलाई मध्यनजर गरि विभिन्न वडाहरुमा यस्ता कार्यक्रमहरुलाई अगाडी बढाईएको उनको जिकिर थियो ।


    कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले वडा नम्बर ४ सम्पूर्ण वडामै नमूना काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले वडा नम्बर ४ का टोल सुधार समितिहरुले उत्कृष्ट काम गरेको बताउदै यसको नक्क्ल अन्य वडाहरुले पनि गर्नुपर्ने बताए ।
    वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश चौधरी को संयोजकत्वमा सम्पन्न सम्मान तथा न्यानो कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु, प्रहरी, समाजसेवी, पत्रकार तथा विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.