logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    दैनिक ३ लास आउँछन् बाकसमा


    ९ असार २०७३ , बिहिबार

    दैनिक ३ लास आउँछन् बाकसमा

    ९ असार
    काठमाडौं वैदेशिक रोजगारीमा जाने युवामध्ये हरेक दिन तीनजनाको शव कफिनमा आउने गरेको छ । जोखिमपूर्ण काममा जाने भएकाले विदेशमा नेपालीको मृत्युदर पनि बढ्दै गएको छ ।

    Kabul-attack-Nepalese-Deadbody-jpg-1
    गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ४६३ नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष एक हजार दुई नेपालीको मृत्यु भएको थियो ।
    काम गर्दागर्दै दुर्घटनामा परेर, बिरामी भएर नेपाली मजदुरको मृत्यु हुने गरेको छ । खाडी मुलुकहरूमा हावापानी नमिल्दा सुतेकै अवस्थामा कतिपय नेपालीको मृत्यु हुने गरेको छ ।

    मलेसियामा धेरैको मृत्यु
    मलेसियामा हरेक दिन एक नेपालीले ज्यान गुमाउने गरेका छन् । गत आर्थिक वर्षमा ४२५ नेपालीको मलेसियामा मृत्यु भएको थियो । आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पनि मेसिनमा परेर धेरैको ज्यान जाने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.