logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एकिकृत जाँच चौकीको काम ३० प्रतिशत सम्पन्न


    १८ माघ २०८० , बिहिबार

    एकिकृत जाँच चौकीको काम ३० प्रतिशत सम्पन्न

    आयोजना छिटो र गुणस्तरीय हुनुपर्ने हाम्रो चासो ः पूर्व अर्थमन्त्री पौडेल
    भैरहवा, १८ माघ । भैरहवामा निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी)को काम तिव्र रुपमा भई रहेको छ । जग्गा हस्ताण्तरण भई काम सुरु भएको एक वर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।
    करिब १५ वर्ष अघि नै नेपाल तर्फ जग्गा अधिग्रहण गरिए पनि लामो आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाई भईरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिम तर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुबै तर्फ आईसीपीको निर्माणले तिव्रता पाएको हो ।
    पूर्व अर्थमन्त्री बिष्णु पौडेलले दुई देशको ब्यवसायिक कारोबारको लागि महत्वपूर्ण मानिएका आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए । बुधबार आईसीपीको अनुगमन गर्दै उनले यो निर्माण काम अलि छिटै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको जिकिर गरे । “नेपाल तर्फ र भारत तर्फ जोडिएकै भए अझै बढी ब्यवहारिक हुन्थ्यो ।” उनले भने “जग्गाकै विवादका कारण करिब १ किलोमिटर टाढा भए पनि अहिले कुरा मिल्नु राम्रो हो ।”
    उनले आईसीपी निर्माण पछि धेरै प्रकारको भन्सार र ब्यपार प्रणालीलाई सहज बनाउने बताए । पौडेलले आयोजना छिटो र गुणस्तरीय रुपमा अगाडि बढ्नेमा आफ्नो चासो रहने जिकिर गरे ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको काम सन्तोषजनक रुपमा अगाडि बढेका बताए । उनले आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको बताए । यद्दपी आयोजनालाई निर्माण सामाग्रीको केही समस्या आएको गुनासो आएकोले स्थानिय पालिकाहरुसंगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए ।
    “आयोजना सुरु हुदा भएको सम्झौतामा रोयाल्टी छुट दिने कुरा भएको रहेछ, त्यो बिषयमा स्थानीय पालिकाहरुको आफ्नै जटिलताहरु रहेको छ ।” अर्यालले भने “स्थानीय पालिकाले लिएको रोयाल्टीलाई निर्माण ब्यवसायीले नेपाल सरकारबाट सोधभर्ना लिन पाउने गरि ब्यवास्था मिलाईरहेका छौं ।”
    आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । यी मध्ये बिरगञ्ज र बिराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगन्जमा र भैरहवामा निर्माणाधिन अवश्थामा पुगेको हो ।
    आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ ।
    सबै आईसीपीहरु भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो । यसर्थ भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउ ले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयामा निर्माणको काम पाएको हो । सम्झौता भएको २ बर्ष भित्र निर्माण काम सम्पन्न गरि नेपाली पक्षलाई बुझाउनु गरि सम्झौता भएको छ ।
    ३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयात तर्फ ६ सय ९२ र निर्यात तर्फ २ सय ७० वटा गरि १ हजार वटा ट्रक पार्किङ्ग गर्न मिल्ने स्थान हुनेछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.