ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, २५ माघ । पश्चिम नवलपरासी जिल्ला मा सवारी दुर्घटना कम भएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएको थियो भने अब कम भएको छ ।
ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार गत आर्थिक वर्ष पौस मसान्तसम्म ५३ वटा सवारी दुर्घटना भएकोमा १६ जनाले ज्यान गुमाएका छन् भने ७७ जना घाइते भएका थिए ।
भने ०७९÷०८० पछि नवलपरासीमा ७४ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको थिए ।
सवारी दुर्घनामा परी हरेक वर्ष १०० सय र ज्यान गुमाउने गरेको थियो भने अब कमी भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति आएपनि सवारी दुर्घटनामा कमी आएको छ ।
साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधि लाई ठाउँ को ठाउँ मा कार्यवाही भएको जिल्लाका ट्राफिक प्रहरी प्रमुख राजु खत्रीले बताउनु भएको थियोे ।
तराई जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।
उनका अनुसार जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ । दुर्घटना न्यूनीकरणका लागि आखा सिविर २ पटक र ५७०पटक विभिन्न सचेतनामूलक कार्यक्रम गरेको जिल्लाका ट्राफिक प्रहरी प्रमुख राजु खत्रीले जानकारी दिनु भएको छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीमा ४२ जना प्रहरी रहेको छन् भने एक ट्राफिकको भागमा १२ किमी क्षेत्र रहेको छ।जिल्ला भित्र मुख्य सडक ज्यामिरे पुल देखि दाउन्ने सम्म ३२.५ किलोमिटर रहेको छ भने हुलाकी सडक भुमहि देखि भैरहवा सडक २९ किलोमिटर छ।
जिल्ला भित्र कालोपत्रे २०८.५ किलोमिटर छ भने ग्राभेल सडक १७३ रहेको छ भने कच्ची सडक ८९ रहेको छन्। पक्की र कच्ची गरी ५सय ३१ किलोमिटर सडक छ । एउटा ट्राफिकलाई १२ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ ।
जिल्लाका ४ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, जिप, स्कुटर र मोटरसाइकल रहेका छन् । तीव्र गतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चलाउने गरेका कारण बढी दुर्घटना भएका छन् ।
नवलपरासीका ट्राफिक प्रहरी प्रमुख राजु खत्रीले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताए । ट्राफिक प्रहरी प्रमुख खत्रीले सङ्गठनभित्र आर्थिक अनुशासनलाई सुदृढ बनाउने र ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिँधै आफूलाई जानकारी दिन पनि आग्रह गरे ।
उनले भने, ‘एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारीसाधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्छु ।’ कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरलाई ट्राफिक नियमबारे जनचेतना जगाउन ९२ ठाउँ मा जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताए ।
‘यहाँ मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखियो’, उनले भने, ‘जसका कारण हुने मानवीय क्षति रोक्न मापसे जाँचलाई कडाइ गरिनेछ ।’ जिल्लाको सबैभन्दा ठूला ठाउँ भनेको परासी , बदर्घाट , सुनवल र भुमहि हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतीपूर्ण रहेको छ ।
नवलपरासीको भुमहि चोक, बदर्घाट , सुनवल र परासी ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति रहेको छ ।
कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्नेसमेत गरेका छन् । नवलपरासी जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्य योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायको जोड छ ।भने ६ महिनामा १ करोड २१ लाख ९५ हजार राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार १९ हजार ४ सय ५० बाट सवारी चालकलाई गरिएको कारबाहीबाट १ करोड २१ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
यस्तै गरि श्रावण महिनामा २३५० सय भाद्रमा ३०५० , असोजमा ३७५०, कात्तिकमा ३१५०, मंसिरमा ३७५० र पौसमा ३४०० जनालाई कारबाही गरिएको छ । यो अवधिमा १ करोड २१ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ भने श्रावण महिनामा १५ लाख ७५ हजार , भाद्रमा १९ लाख ७२ हजार , असोजमा २२ लाख ८० हजार ५०० सय, कात्तिकमा १८ लाख ४१ हजार, मंसिरमा २३ लाख २७ हजार र पौसमा २१ लाख ९९ हजार ५०० सय राजस्व सङ्कलन गरिएको जिल्लाका ट्राफिक प्रहरी प्रमुख राजु खत्रीले जानकारी दिएको छन् ।