logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    त्रिबेणी धाममा माघे औँसी मेला सुरू


    २६ माघ २०८० , शुक्रबार

    त्रिबेणी धाममा माघे औँसी मेला सुरू

    संजय कुशवाहा । लुम्बिनीखबर
    नवलपरासी, २६ माघ । नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनयी त्रिबेणी गाऊँपालिका वडा नं. ६ त्रिबेणी धाममा माघे औसीको मेला सुरू भएको छ ।
    हिन्दु मान्यता अनुसार विशेषगरी माघे औसीको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहाँ निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको हो ।

    ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानिने त्रिवेणी धाममा मेला लाग्ने गरेको छ । त्रिवेणी धाममा रहेको नारायणी नदी , सोन भद्र नदी र पुर्ण भद्र नदीको संगम स्थल भएको हुँदा त्रिबेणी धाममा माघे औँशीको मेला हरेक बर्ष लाग्ने गरिन्छ । औंसी मेलामा नेपाल, विहार , भारतको उत्तर प्रदेशबाट लाखौ श्रधालु भक्तजनहरु आउने गर्छन् ।


    मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भभ्य बनाउनका लागी मेलामा नेपाल प्रहरी , ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी र स्वयंसेवक गरि करिब दुई सय सुर‌क्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।

    मेलामा रातिको समयमा मेलाको चारैतिर बत्ती , ठाउँठाउँमा चिसोबाट बाच्नको लागि धुई , खाने पानी , पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको औशी मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम् विनई त्रिवेणी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुरेन्द्र शाहले बताउनु भएको छ । त्रिवेणी औशी मेलामा स्नान तथा अवलोकनका लागी करिब ३ देख ४ लाख सम्म श्रधालु भक्तजनहरु मेलामा आउने शाहले दावी गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.