असलम खाँन । लुम्बिनीखबर
मर्चवार, २ फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा रहेको विभिन्न समुदायिक तथा निजी विद्यालयहरुमा सरस्वती पूजा मनाइएको छ ।
श्रीपञ्चमीको अवसरमा विद्यालयहरुले सरस्वती पूजा तथा कथा संस्कृतिक कार्यक्रम पनि गरेको हो। विद्याकी देवी सरस्वतीको बुधबार विशेष पुजा गरिने दिन र पुस्तक दिवस समेत बुधबार नै परेको यस अवसरमा श्रीमती मनराजी देवी माध्यमिक बिद्यालय मर्चवारी गाउँपालिका वडा नम्बर ३ सेमरामा विद्यार्थीहरुले कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको कार्यक्रमको संयोजन बैजनाथ बरईका ले बताएका छन्।

सरस्वती पुजाको अवसरमा गाउँपालिका भित्र रहेको समुदायिक बिद्यालयहरु मध्ये १२ कक्षामा अब्बल आउने प्रतिमा यादवलाई ५१ सय रुपैयाँ, दोस्रो स्थान ल्याउने नशिबा खातुन लाई ३१ सय रुपैयाँ तथा तेस्रो स्थान ल्याउने तौफिक देवान लाई २१ सय रुपैयाँ नगद सहित मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले व्यक्तिगत रुपमा पुरस्कृत गरि सम्मान गरेको कार्यक्रम संयोजक बरईले बताएका छन्।