logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि


    ४ फाल्गुन २०८० , शुक्रबार

    पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि

    काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
    निगमका अनुुसार पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
    निगमकाअनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६९।५०, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ पुगेको छ।
    त्यस्तै डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५७।५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको निमगले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.