लुम्बिनीखबर
सिद्धार्थनगर, ४ फागुन । गौत्मबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमा अवस्थित भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालले निःशुल्क सर्जरी जाँच तथा परामर्श सेवा सम्बन्धी ३ दिने कार्यक्रम संचालन गर्ने भएको छ । अस्पतालले संचालन गरेको सर्जरी जाँच तथा परामर्श सेवा निःशुल्क रुपमा सेवा ३ दिन सम्म संचालन गर्न लागेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा.अर्जुन पौडेलका अनुसार उक्त कार्यक्रम फागुन ९ गते बुधवार देखि ११ गते शुक्रवार गरी ३ दिन सम्म अस्पतालको परिसरमा विशिर संचालन गर्ने जानकारी दिएका छन् । ।
शिविरमा पित्तथैलीको पत्थरी, पिसाबनलीको पत्थरी, डाइड्रोसिल, हर्निया, पायल्स, स्तन क्यान्सर, गाँठागुठी र छातिमा मासु पलाएको समस्याहरुको जस्ता रोगहरुको निःशुल्क चेकजाँच तथा परामर्श सेवा प्रवाह गर्ने आयोजक स्रोतले जनाएको छ । उक्त शिविरमा चेकजाँच तथा परामर्श लिएका विरामीहरुको भिडियो एक्सरे तथा एक्सरे सेवामा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा २५ प्रतिशत छुट र शल्यक्रिया हुने विरामीका लागि विशेष छुटको व्यवस्था मिलाइएको अस्पतालका जनसम्पर्क अधिकृत रीता घिमिरेले जानकारी गराएकी छन् ।
अस्पतालका जनसम्पर्क अधिकृत रीता घिमिरेका अनुसार आमनागरिकलाई सरल, सहज र गुणस्तरीय सेवामा अस्पताल लागिपरेको र बुधवार देखि संचालन हुन लागेको तीन दिनको शिविरमा विशेषज्ञ चिकित्सकबाट विरामीको चेकजाँचका साथै परामर्श दिइने छ ।
शिविरवाट सहभागी नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउनेछन् र अस्पतालले विगत लामो समयदेखि ठाउँठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको जानकारी गराएकी थिइन् । यस अस्पतालबाट हजारौं सर्वसाधरण नागरिकहरुले लाभान्वित भएको जानकारी दिएकी थिइन्।
सिद्धार्थनगर सिटी अस्पताल १ सय बेडमा संचालित अस्पताल, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा रुपन्देहीमै अब्बल बनेको छ ।
अस्पतालमा काठमाडौं, चितवन लगायत अन्य विभिन्न मुलुकका अस्पतालमा उत्कृष्ट सेवा प्रदान गर्ने विशेषज्ञ सेवा प्रदान गरिसकेका चिकित्सकलाई अस्पतालले अनुबन्ध गरेर सेवा दिइरहेको छ । जसले गर्दा कयौं विरामी भैरहवाबाहेक अन्यत्र उपचार गराउन जान पर्ने वाध्यता हटेको अस्पताल स्रोत ले जनाएको छ।