पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ६ फागुन । रुपन्देही जिल्लाको भैरहवा स्थित गठित धकधई, मर्चवार, लुम्बिनी, भैरहवाका पत्रकारहरुको छाता संगठन लुम्बिनी प्रेस क्लब द्वारा पत्रकारिता अनुशिक्षण सपथ ग्रहण एवम् परिचयात्मक कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री माननीय चन्द्रकेश गुप्ताको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि गुप्ताले आफूयो ठाउँ सम्म पुग्नमा पत्रकारहरुको सुझाव र सल्लाहको अहम भुमिका रहेको हुनाले पत्रकारहरु माथि सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमख अतिथि मन्त्री गुप्ताले कार्यक्रमलाई संवोधन गर्दै चुनावी समयमा उम्मेदवारी दिने वेलामा नै उम्मेदवारहरुको सम्पत्ति विवरण आवश्यक रहेको र जनप्रतिनिधि भएपछि फेरी एक वर्ष नवित्दै फेरी सम्पत्ति विवरण सम्बन्धित निकायमा पेश गर्नु पर्ने हुन्छ र आफूले पनि गरेको जानकारी गराएका थिए ।
प्रमुख अतिथि मन्त्री गुप्ताका अनुसार कतिपय ठाउँमा पिडितले छिटो छरितो न्याय नपाएको अवस्था रहेको यस विषयमा पत्रकार जगतले आफनो ठाउँवाट कलम चलाउनको लागि अग्रह गरेका थिए ।
केन्द्र सरकार र प्रदेश सरकार स्थानीय सरकारले स्मार्ट कृषि, माछा, बगवानीको लागि छुट्टाएका अनुदान रकम वास्तविक कृषकले नपाएको र राजनीतिक पहुचवाला मात्र प्राप्त गरेको मन्त्री गुप्ताले गुनासो गरेका थिए ।
लुम्बिनीवासीहरुले लुम्बिनी विकास कोषलाई लुम्बिनीको विकासका लागि आफनो जग्गा कौडीको भाउँमा दिएका थिए तर त्यही लुम्बिनीवासी अहिले सम्म आफनो विकासको अनुभुति गर्न पाएको देखिदैन् । लुम्बिनी क्षेत्रमा वसोवास गर्ने मानिसहरुको लागि विकास कोषले कुनै किसिमको रोजगारको सृजना नगरेको चिन्ताको विषय रहेको मन्त्री गुप्ताले बताएका थिए । पर्खाल भित्रको लुम्बिनीमा स्थानीयवासीहरुले रोजगार नपाउँदा विकास कोषले अनादर गरेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले कार्यक्रमलाई संवोधन गर्दै पत्रकार समाजको दर्पण हो र समाजमा भएका घटना तथा गलत प्रवृत्तिको खबरदारी गर्ने व्यक्ति पत्रकार हो । पत्रकारको भूमिका समाजमा बढी रहेको देखिन्छ । पत्रकार र प्रहरीको सम्वन्ध भनेको नङ् र मासु जस्तै रहेको भट्टको भनाई रहेको थियो । सूचना पाउने प्रत्येक नागरिकको अधिकार हो तर कतिपय घटनाहरुका सूचनाहरु गोप्य राख्ने भएकोले पत्रकारहरु वा अन्य व्यक्तिले माग्दा आफूहरुलाई अनुसन्धानमा बाधा पुग्ने दिन नमिल्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव ढुङ्गानाले देउसीभैलोबाट जम्मा भएको रकम के गर्ने भन्ने कुराबाट क्लबको जन्म भएको कुरा जानकारी गराउदै यस संस्थाको विकास र विस्तारमा हामी सबैको ध्यान केन्द्रीत हुनु आवश्यक रहेको रहेको बताएका थिए ।
उनका अनुसार जस्तै एउटा पिपलको विउँ मसिनो हुन्छ आँखाबाट हेर्न गाह्रो हुन्छ तर पिपलको आकार प्रकार विउँ भित्र लुकेको हुन्छ । त्यस्तै नै क्लबको आकार प्रकार फैलिरहेको हुँदा समय समयमा मलजलको आवश्यकता रहेको बताएका थिए । फूलवारी रुपी लुम्बिनी प्रेस क्लब हामी माली रुपी सदस्यले यसको विकासशीलको सपना हैन विकसित रुपको सपनालाई साकार गर्नु हामी सबैको दायित्व रहेको ढुङ्गानाले सुझाएका थिए ।
क्लबका सल्लाहकार दिपेन्द्र बडुवालले आजको पत्रकारीता डिजिटल नेपालमा डिजिटल तथा मल्टी मिडियाको पत्रकारीतामा जोड दिनुपर्ने बताएका थिए । पत्रकारले समाचारकै माध्यमबाट आफनो चिनारी बनाउनुपर्ने बढुवालले बताएका थिए ।
प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीले कार्यक्रमलाई समापनाको क्रममा पत्रकारले आलोचना गर्ने र अलोचना सुन्ने पनि पर्ने जहिले पनि सत्य र तथ्य मार्गमा नै निरन्तर कलम चलाउनु पर्ने बताएका थिए ।
क्लबक महासचिव शंकर पाण्डेको संचालन र क्लबका सचिव प्रकाश न्यौपानेको स्वागत कार्यक्रम सम्पन्न भएको थियो । क्लबका कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार एवम् विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका नवप्रवेशि सदस्य झब्बर यादव, भिम भण्डारी, रुविना थापा, एलिना अचार्य समेतलाई क्लबका कानुनी सल्लाहकार कृष्णा ढकालले सफत ग्रहण गराएका थिए भने खादा ओढाई सम्मान तथा सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।