झब्बर यादव ।लुम्बिनीखबर
सिद्धार्थनगर, ११ फागुन । सशस्त्र प्रहरी बलका नं.२७ गण हे.क्वा. रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले विदाई अन्तरक्रिया गर्नुभएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक थापाले जिल्लाको नेतृत्व समालेको एक वर्षको कार्यकालमा यहाँका स्थानीय जनसमुदाय, उद्योगी व्यवसायीहरु तथा सञ्चारकर्मीको सकारात्मक सहयोगले आफ्नो कार्यकाल सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाको शान्ति सुरक्षा कायम राख्न तथा सीमा अपराधको न्यूनिकरणमा पत्रकारहरुको सहयोग प्रशंसनीय रहेको भन्दै आगामी नेतृत्वलाई पनि सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।
रुपन्देहीका पत्रकारहरुको कलम सत्य, तथ्य र विश्वसनीय रहेको भन्दै यसले समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने सशस्त्र प्रहरी उपरीक्षक थापाको भनाई रहेको थियो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट भर्खर सरुवा भएर सशस्त्र प्रहरी बलका नं.२७ गण हे.क्वा. रुपन्देहीको कमाण्ड समाल्न आउनुभएका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले पत्रकारहरु संगको सहकार्यमा आफुले कामगर्ने बताउनुभयो ।
उहाँले सीमाअपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्नका लागि सवैपक्षको सहयोगको अपेक्षा रहेको जनाउनुभयो । विदाई अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरीका अधिकृत क्याडेट तथा सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।