पशुपति याादव । लुम्बिनीखबर
रोहिणी, ११ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकाले दादुरा रुबेला खोप अभियान कार्यक्रम स्थानीय तह स्तरीय र वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रमको आयोजना गरी दादुर रुवेल खोप अभियान थालनी गरेको छ ।
कार्यक्रम ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित यादवको अध्यक्षतामा संचालन गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष यादवले १५ वर्ष मुनिका बँंच्चाहरुलाई दादुरा रुवेल खोप लगाई २०२६ दादुरा रुवेल निर्मुल गर्ने र गाउँपालिकाको प्रत्येक टोलटोल सम्म प्रभावकारी रुपमा खोपको लागि जनचेतना जगाउने बताए । दादुर रुवेल सम्बन्धी विभिन्न किसिमका जनचेतनामुलक अभियान विभिन्न सरोकारवाला संग समन्वय गरी अघि बढने बताए । वि.स २०२३ मा निवारण गर्ने उद्देश्य कोभिडको कारण नसकेको यादवले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले दादुर रुवेल खोप कुनै पनि वालवालिका नछुट्ने गरी संचालन गर्नुपर्ने बताए । उक्त खोप ९ महिनादेखि १५ वर्ष सम्मलाई दिनुपर्ने, भ्याक्सिनको ट्याम्परेचर भेन्टन गर्नु अतिआवश्यक रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले ३३ जना विद्यालयका प्राध्यापक वडाका स्वास्थ्य चौकीका स्वंयसेविकालाई प्रशिक्षण गरेका थिए । दादुर रुवेल खोप अभियान १३ गतेदेखि १७ गते सम्म संचालन गर्ने वताएका थिए । पहिलो चरण ४६ वटा खोप केन्द्र स्थापना गरी एउटा खोप केन्द्रले २५० जना वालवालिकालाई खोप लगाउने गरी व्यवस्था मिलाउने बताए ।