पशुपनि यादव । लुम्बिनीखबर
रोहिणी, १२ फागुन । ओमसतिया गाउँपालिका वडा नं. ५ पटखौलीमा अवस्थित श्री सतिया इंगलिस स्कुलले १७औं वार्षिकोत्सव एवम् अभिभावक सम्मान समारोह सम्पन्न गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव(सोनु) ले हामी सबैको एउटै नारा “शिक्षित नेपाली समृद्ध नेपालको कल्पना र सपना सकार” हुने यादवको भनाई रहेको थियो । गाउँपालिका भित्र रहेका नीजि तथा सामुदायिक विद्यालय समेतले शिक्षामा योगदान पुर्याएको प्रशंसायिन कार्य रहेको अध्यक्ष यादवले बताएका थिए । प्राविधिक युगमा प्राविधिक शिक्षामा नीजि तथा सामुदायिक विद्यालय अग्रसर भएर अघि बढनु पर्ने यादवले सुझाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्याव्सन ओमसतिया गाउँपालिकाका इकाई अध्यक्ष राजकुमार गुरुङ्ले सरकारको दृष्टिकोण नीजि विद्यालय तथा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टि समान हुनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा ओमसतिया गाउँपलिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेलले विद्यार्थी अङ्ग्रेजी वोल्दैमा राम्रो पढाई छ भन्ने अभिभावक ढुक्क हुनुहुदैन् भन्ने सुझाएका थिए । जवसम्म विद्यार्थीमा राम्रो व्यवहारको विकास हुदैन र व्यवहारमा उतार्दैन तब सम्म राम्रो मानिदैन् ।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरेको र विभिन्न खेलमा अग्रस्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारका साथै सम्मानपत्र समेत प्रदान गरिएका थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको आयोजक स्रोतले जनाएको छ ।
विद्यालयको संस्थापक कमलेश हरिजनको अध्यक्षतामा र गुड्डु हरिजनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।