logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शुद्धोधनको अन्तरपालिका स्तरीयक्रिकेट प्रतियोगितामा मर्चवारीको जीत


    १४ फाल्गुन २०८० , सोमबार

    शुद्धोधनको अन्तरपालिका स्तरीयक्रिकेट प्रतियोगितामा मर्चवारीको जीत

    असलम खाँन । लुम्बिनीखबर
    मर्चवार, १४ फागुन । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अन्तरपालिका स्तरीय कर्मचारी बिच भइरहेको क्रिकेट प्रतियोगिता अन्तरर्गत आइतबार भएको खेलमा कोटहीमाई, मर्चवारी र ओमसतिया गाउँपालिका बिजयी भएको छन् । आज कोटहीमाई र सियारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिका बिजयी भएको हो। कोटहीमाईले पहिलो ब्याटिङ्ग गरेर १४ ओभरमा ३ बिकेट गुमाइ १ सय ५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पच्छयाउदै सियारी गाउँपलिकाले १४ ओभरमा ५ बिकेट गुमाएर ८९ रन मात्र बनाएको थियो ।

    यस प्रतियोगितामा बिजयी भएको कोटहीमाई गाउँपालिकाको कृष्ण यादवले ५४ रन बनाई मैन आफ द मैचबाट पुरस्कृत भएका थिए। यसैगरी कञ्चन गाउँपालका र मर्चवारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिका बिजयी भएको छ । पहिलो ब्याटिङ्ग गरेको कंचन गाउँपालिकाले १४ ओभरमा ७ बिकेट गुमाएर ७४ रनको लक्ष्यको दिएको थियो ।

    उक्त लक्ष्यलाई पच्छयाउदै मर्चवारी गाउँपालिकाले ८ ओभर मै ८ बिकेटले जीत हासिल गरेको थियो । उक्त क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिकाका आशुतोष त्रिपाठीले मैन आफ द मैचबाट पुरस्कृत भएका थिए। यस्तै तिलोत्तमा नगरपालिका र ओमसतिया बिच भएको प्रतिस्पर्धामा ओमसतिया गाउँपालिका बिजयी भएको अयोजकले जनाएको छ । खेलमा तिलोत्तमा नगरपालिकाले पहिलो ब्याटिङ्ग गरी १४ ओभरमा ४ बिकेट गुमाएर १ सय १० रनको लक्ष्य दिएको थियो ।

    तिलोत्तमाले दिएको लक्ष्यलाई पच्छयाउदै ओमसतियाले १ बिकेट गुमाएर ८ ओभरमा लक्ष्य प्राप्त गरी ९ बिकेटले बिजयी भएको आयोजकले जानकारी दिएको छ । उक्त खेलमा बिजयी भएको ओमसतिया गाउँपालिकको बिरेन्द्र पासीले ५४ रन बनाई मैन आफ द मैचबाट पुस्कृत भएकाथिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.