असलम खान। लुम्बिनीखबर
मर्चवार, १८ फागुन। समान्यतया बर्थीङ्ग सेन्टरहरुमा सुत्केरी मात्र गराइन्छ तर रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं.२ स्थित अमवा प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरीले आफ्नै घरमा जस्तै गरि स्याहार,सुसार तथा आहार पाएका छन्।
अमवा प्राथमिक स्वास्थ्य केन्द्रमा अब सुत्केरी कुरुवा घरमा सुत्केरीहरुले स्याहार,सुसार तथा आहार सुविधा पाएका छन्।
सुत्केरीका आफन्तले आफ्नो घरमा जस्तै गरि सुत्केरीका लागि खाना पकाएर खुवाउने समेत व्यवस्था रहेको छ।
मर्चवारी गाउँपालिका र छिमेकी पालिकाहरुबाट प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने विरामीहरुले सुत्केरी कुरुवा घरबाट लाभ लिएका छन्।
मर्चवारी गाउँपालिका वडा नं.२ सगरा स्थित प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ।
उक्त केन्द्रबाट टाढा(टाढाबाट उपचार गर्नका निम्ति आउने गर्दछन्। प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीहरुलाई सुरक्षित तरिकाले सेवा दिँदै आएको छ।
पहिला यस केन्द्रमा खाना र बस्न समस्या हुने भएकोले मर्चवारी गाउँपालिका, ईन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेड फाउन्डेसन नेपालको सहकार्यमा करिब १० लाख रुपैयाँको लागतमा सुत्केरी कुरुवा घर निर्माण गरेको हो ।
सुत्केरी कुरुवा घरमा किचेन, शौचालय र बाथिङरुम सहित २ बेडको रुम निर्माण भएको छ।
मर्चवार क्षेत्रमा उस्तै त सुत्केरी हुन अस्पताल आउने कम हुन्छन्। त्यसमा पनि खाना बस्नको समस्या हुने भएकोले सस्ती पाएको देखेर सुत्केरी कुरुवा घर निर्माण गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन्।
नजिकै खान(बस्ने कुनै पनि ठाउँ नभएको हुँदा सुत्केरीहरु निकै दुस्ख पाएको देखेपछि गाउँपालिका तथा परियोजना मार्फत सुत्केरी कुरुवा घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष बरईले बताएका छन्।
सुत्केरी कुरुवा घरमा ग्यास, खाना पकाउने भाँडाहरुका साथै भान्साका लागि चाहिने आवश्यक सामग्री समेत व्यवस्था रहेको अध्यक्ष बरइले बताएका छन ।
उक्त कुरुवा घरबाट जुनसुकै ठाउँबाट आएका व्यक्तिले उक्त भवनबाट सेवा लिन पाउने बताएका छन्।
सुत्केरी बिरामी कुरुवा घर निर्माणले निकै सजिलो बनाएको मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताएका छन्।
पहिले सेवा लिन आउनेहरुले तातोपानी खान पाउने अवस्था थिएन् र तातो पानी, खाना घरबाटै बनाएर ल्याउनु पर्ने बाध्यता थियोे र सुत्केरीलाई कुरुवा घर बनेपछि सबैलाई सजिलो भएको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन्।
अहिले सुत्केरीलाई भान्साबाट चाहिने सेवा तुरुन्त पाइरहेको उनको दाबी रहेको छ।
मर्चवारी गाउँपालिका भित्र प्रसूतिका साथै अन्य पालिकाकाबाट आउने बिरामीहरुलाई स्वास्थ्य केन्द्रले गुणस्तरीय सेवा सहज र सरल तरिकाले प्रवाह गरेको बताएका छन्। सुत्केरीहरुलाई कुरुवा भवन बनेपछि सुत्केरीका कुरुवालाई सहज बनाएको शाखा प्रमुख शाहले बताए। आर्थिक बर्ष ०८०र०८१ साउनदेखि हाल सम्म प्राथमिक स्वास्थ्य केन्द्र अमवामा ३३० जनाले सुत्केरी सेवा लिएको प्राथमिक स्वास्थ्य केन्द्र अमवाका प्रमुख रकेश यादवले बताएका छन् ।