- चन्द्रप्रकाश श्रेष्ठ
नेपालमा आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने र सुन्दर नेपालको परिकल्पना पर्यटन क्षेत्रले गरेको छ । नेपाललाई आर्थिक समृद्धिको यात्रामा पर्यटनले मात्र डो्याउन सक्दछ । यहाँका धार्मिक तथा पर्यटकिय सम्पदाको संरक्षण र विकासमा राज्यले ध्यान दिने हो भने संसारभरमा पर्यटकहरुलाई नेपालमा भित्राउन सकिन्छ । शान्ति र अहिंशाको मार्गदर्शक महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी र संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा नेपालमा हुनु पनि पर्यटनक्षेत्रको आधार हो । उत्कृष्ट पदयात्रा अन्नपूर्ण हिम श्रृंखला, पशुपतिनाथ, मुक्तिनाथ, पर्वतारोहण, पदयात्रा, रयाफटिङ, जंगल सफारी, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता हजारौँ पर्यटकिय स्थल भएको नेपाल पर्यटनक्षेत्रको प्रचुर सम्भावना भएको देश हो ।
संसारभरका वौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो संसारकै महत्वपूर्ण पर्यटकिय गन्तव्य हो । पर्यटनक्षेत्रको व्यापक सम्भावना भएको नेपालले यसको विकासका लागि सकारात्मक पहल गर्न आवश्यक छ । लुम्बिनीक्षेत्रमा रहेका बुद्धस्थलहरुको संरक्षण, सम्वर्धन तथा प्रवर्धन गरि पर्यटकिय केन्द्रको रुपमा विकास गर्न जरुरी देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी, राजदरवार तिलौराकोट, मावली देवदह र बुद्धको अस्तुधातु राखिएको स्थल रामग्राम लगायतका बुद्धस्थललाई एकिकृत बुद्ध सर्किटमा विकास गर्न राज्यले पहल गर्नु पर्दछ । कपिलवस्तु, रुपन्देही र नवलपरासी क्षेत्रमा रहेका दर्जनौ बुद्धस्थलहरुको संरक्षण गरि नयाँ पर्यटकिय गन्तव्यस्थल बनाउनु पर्दछ । लुम्बिनीक्षेत्रमा फैलिएका बुद्धस्थलहरुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न सके संसारभरका करोडौ वौद्धमार्गीहरुलाई आर्कषण गर्न सकिन्छ । जसले गर्दा लुम्बिनीक्षेत्रमा मात्र नभएर नेपालको पर्यटनक्षेत्रको विकासमा महत्वपूर्ण भुमिका रहने छ ।
नेपालमा सवैभन्दा धेरै बिदेशी पर्यटक पैदलमार्ग बाट आउने सीमानाका पनि भैरहवाको बेलहिया नाका भएकाले यसक्षेत्रलाई पर्यटनको हव बनाउने अभियानमा राज्य र पर्यटन व्यवसायीले नेतृत्व गर्नु पर्दछ । यहाँ आउने बौद्धमार्गी पर्यटकलाई लुम्बिनी सर्किट निर्माण गरि ध्यान, विपश्यना, बुद्ध बचन र बुद्ध जिवनीको प्रदर्शन गरि लंग स्टे गराउन सकिन्छ । नेपालमा मनोरञ्जनका लागि आउने पर्यटकलाई रोक्नका लागि आकर्षक प्याकेजहरु भएको रात्रिकालीन व्यवसाय भैरहवाक्षेत्रमा सञ्चालन गर्न जरुरी छ । नेपालको आर्थिक समृद्धिको आधारशिला बनेको पर्यटनक्षेत्रलाई विस्तार गर्नका लागि राज्यले विशेस सुविधाहरु प्रदान गर्नु पर्दछ । यहाँ विदेशी पर्यटक लक्षित क्यासिनो, स्पा, डान्सवारलाई संस्थागत गर्न सरकारको महत्वपूर्ण भुमिका आवश्यक छ । भारतीय तथा तेस्रो मुलूकका पर्यटक लक्षित विभिन्न प्याकेज कार्यक्रममा पर्यटन व्यवसायी र राज्यले सहकार्य गर्नु पर्दछ ।
बुद्धस्थलहरुको विकास र विस्तार तथा नेपालको समग्र आर्थिक विकासको परिकल्पनाका साथ निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल यथाशिघ्र सञ्चालन हुनु पर्दछ । लुम्बिनीक्षेत्रको भविष्य संग जोडिएको यो विमानस्थलबाट दैनिकरुपमा अन्तराष्ट्रिय उडानहुनु पर्यटनक्षेत्रका लागि कोशेढुङ्गा हो । नेपालको आर्थिक विकासका लागि पर्यटनक्षेत्र महत्वपूर्णक्षेत्र हो । त्यसैले यसको विकास र विस्तारका लागि सरकारले सकारात्मक भुमिका खेल्नु पर्दछ । यहाँ पर्यटक लक्षिक हस्तकला, चित्रकला तथा पर्यटक लक्षिक नेपाली उत्पादनहरु हुनु जरुरी छ ।
बिशाल जनसख्या भएका चिन र भारतकाबाट पर्यटक नेपालका भित्राउने अभियानमा यहाँका पर्यटन व्यवसायी र सरकारले सहकार्य गर्नु पर्दछ । देशका साँस्कृतिक तथा प्राकृतिक सम्पदाका विकास र विस्तार गरी पर्यटनक्षेत्रलाई बढावा दिनु जरुरी छ । पर्यटनक्षेत्रको विविधिकरणलाई संस्थागत गरी नेपाललाई विदेशी पर्यटकको आर्कषणको केन्द्र बनाउनु पर्दछ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले धनि देश नेपालमा पर्यटनको विकासका प्रवल सम्भावना छन् । विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकलाई पनि आर्कषक, र रमाईलो हुने बातावरण पर्यटनक्षेत्रमा चाहिन्छ । यहाँ पर्यटक लक्षित स्ट्रिट फुड, लाइभ कन्सर्ट, विविध जातीय–सामुदायिक सांस्कृतिक प्रदर्शनी, सपिङ, नाईट वाकिङ लगायत रात्रिपर्यटनलाई संस्थागत गर्नपर्दछ । यहाँका यातायातक्षेत्र, बजारक्षेत्र, होटल, रेष्टुरेन्टहरु गुणस्तरीय, विविधता, सन्तुष्टिपूर्ण र पर्यटकमैत्री हुनु जरुरी छ ।
पर्यटन उद्योगलाई महत्वपूर्ण उद्योगको रुपमा विकास गरि राज्यले विदेशी मुद्राको आर्जन गर्ने महत्वपूर्ण माध्याम बनाउनु पर्दछ । सकारात्मक जीवनको आधारशिला भनेकै सकारात्मक सोच हो । हामीले यही सोचका साथ नेपालमा पर्यटनक्षेत्रको विकासमा लाग्नु पर्दछ । सिद्धार्थ होटल एशोसियशन लुम्बिनीले यहि सोचका साथ नेपालको पर्यटनलाई संस्थागत गर्न विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । यो अभियानमा सवै जोडिन आवश्यक छ ।
श्रेष्ठ होटल नान्सका सञ्चालक तथा सिद्धार्थ होटल एसोशियन (सान)को अध्यक्ष हुनुहुन्छ ।