भैरहवा, २० फागुन । ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने नारालाई आत्मसात गर्दै अनेमसंघ सिद्धार्थ नगरपालिकाले रक्तदान कार्यक्रम गरेको छ । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगर शनिबार सानु डिपार्टमेन्टल स्टोर्सको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
अनेमसंघ सिद्धार्थ नगरका अध्यक्ष सृजना कार्की जोशीले रक्तदान जिवन दान भएको भन्दै आवश्यक परेकालाई संकलित रगत निःशुल्क प्रदान गरिने जनाउनु भयो । प्रमुख अतिथि अनेम संघ केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज ज्ञानु केसीले महिलाहरू सामाजिकरूपमा पनि सक्रिय भएको र आजको दिनमा श्रमिक महिलाहरूले आन्दोलनको नयाँ चरण आवाज उठाएकोले महत्वपूर्ण भएको बताउनु भयो ।
विशिष्ठ अतिथि नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोख्रेल, अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य हरि अधिकारी, अनेम संघ जिल्ला अध्यक्ष मधुकला कँुवर, अनेम संघ प्रदेश कमिटी सदस्य पुनम लिगल साथै युवा संघ, विद्यार्थी संघ नेपाल आर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा भीम अस्पतालको सहकार्यमा ३० पोईन्ट रगत संकलन भएको हो ।